रातभरी नसुत्ने डडुवा गाउ, जमिन १० फिट तल भाँसियो

  • भदौ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt - स्थानीयसँग-जानकारी-लिँदै-साँगुरीगढी-गाउँपालिका-अध्यक्ष

धनकुटा/ धनकुटा जिल्लाको साँगुरी गाउपालिका वडा नम्बर ७ स्थित डडुवावासी रातभरी निदाउँदैनन।

सुख्खा याम अथवा बर्षा याम सधैं भरी नै उक्त गाउमा जोखिम बढेसँगै त्यहाँका वासिन्दा त्रसित हुदैं बस्न बाध्य छन् । डडुवाको २७ घरका वासिन्दाको पीडा उस्तै छ ।

घरपरिवारका करिव एक सय रोपनी जग्गा पहिरोले भासिएका छन् ।स्थानीय फुलमाया राईको ८ रोपनी जग्गा र घर सवैभन्दा वढी जोखिममा छ । स्थानीयको भनाई अनुसार डडुवाको पहिरो ‘सुख्खा पहिरो’ हो । खासगरी अत्याधिक वर्षामा पहिरो जान्छ । तर डडुवामा घाम चर्किएको बेला पहिरो खस्ने स्थानीय देवेन्द्र राईले बताए ।

उनि भन्छन् ‘घाम चर्किएको बेला पहिरोमा माटो खसेको देखिन्छ’।
साँगुरीगढी गाउँपालिका वडा नं. ७ डडुवाकी फुलमाया राई भन्छिन्,‘‘राती सुत्दा पनि निन्द्र लाग्दैन’ उनी भन्छिन् ‘पहिरोले खेतवारी लग्यो भने जाने ठाउँ पनि छैन । खै के गर्नु अव’ । फुलमाया राईको घर नजिकै जिते राईको तीन रोपनी जग्गा छ ।

कुनै वेला उनको जग्गा टार बारी थियो । तर अहिले भासिएर ४/५ फिटको डिल वनेको छ । उब्जाउ रहेको वारीमा गोलभेडा र वोडी रोपेका छन् । तर यो सिजन वारीमा फलेको उत्पादन खान नपाइने हो की भन्ने त्रास मनमा भइरहेको जिते राई बताउँछन् ।

पानी नपर्दा पहिरोले माटो तान्छ । माटो तान्दै पहिरो वस्ती भएको ठाउँसम्म आइपुगेको छ । स्थानीय जिते राईले भने अनुसार करिव ७ वर्ष अघिदेखि डडुवामा पहिरो खस्न थालेको हो । २०७४ साल देखि पहिरो खस्न थालेदेखि रोकिएको छैन । त्यो वेला माथिल्लो शिरको माटो मात्रै खसेको थियो । त्यसपछि अहिले निरन्तर खस्ने गरेको छ ।

ff

-फुलमाया-राईको-घर

अहिले पहिरो यति धेरै वढेको छ की वढेर मानवीय तरिकाले रोकथाम गर्ने स्थिति छैन । यहाँका स्थानीयलाई पहिरोको त्रास छ । यो क्षेत्रमा तरकारी वालीको खेती र उत्पादन धेरै राम्रो हुने गरेको छ । यहाँका स्थानीयको आम्दानीको मुख्य आयस्रोत समेत हो ।

किसानले गोलभेडा, अदुवा, सुन्तला, एभोकाडोको व्यवसायिक खेती गरेका छन् । फलफुलका वोट विरुवा भएको खेतवारी नै भासिएका छन् । जमिन १० फिट भन्दा तल पुगेको छ । जमिन चिराचिरा पर्न थालेको छ । फाटिन थालेको छ । घरका ज्येष्ठ नागरिक तथा वालवालिकालाई वारीमा एक्ला एक्लै पठाउन डरलाग्दो हुने गरेको छ ।

p 1

- पहिरोको-जोखिम-तस्बिर-धनकुटा-

पहिरोको जोखिम रहेको डडुवाका जोखिम घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । केहीदिन अघि मात्रै गाउँपालिका अध्यक्षको नेतृत्वमा एक टोली पहिरो स्थलको स्थलगत अनुगमनको पुगेको थियो । अनुगमनको क्रममा तिर्थ राई (फुलमायाकी श्रीमान्) को घर जोखिममा रहेको देखिएको उनले बताए ।

केही दिन भित्रै तिर्थ राईको परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने उनको भनाई छ । वर्षौदेखि निरन्तर रुपमा पहिरो गइरहेको छ । अन्य वस्ती पनि जोखिममा छ ।

das

तस्बिर- डडुवाको-सुख्खा-पहिरो

त्यस्तै पहिरोको जोखिममा रहेको वडा नं. १ को १४ घरपरिवारलाई सुरक्षित ठाउँमा वस्ती स्थानान्तरणको तयारी भइसकेको समेत उनले बताए ।

स्थानीय सरकारहरू जिम ...

एकात्मक र केन्द्रीकृत शासन प्रणालीमा अधिकारको केन्द्रीक ...

इटहरीमा भोलीदेखि नगर ...

इटहरी/ इटहरी उपमहानगरपालिकाले नगर बसको सेजा बुधबार ...

कोशीका मुख्यमन्त्रील ...

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार क ...

लागू औषध युजर र कारो ...

धरान/ छोराछोरीको आनीबानी तथा खानपान सम्बन्धी सम्पू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved