धरान मेघा कलेजमा बारटेन्डिङ कार्यशाला सम्पन्न

  • भदौ १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान मेघा हिमालयन कलेजमा ‘मेघा फलेयर बारटेन्डिङ कार्यशाला’ सम्पन्न भएको छ ।

होटल म्यानेजमेन्ट विषय लिएर अध्यनरत् कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरिएको तीनदिने कार्यशाला गत शुक्रवार सम्पन्न भएको हो ।

विद्यार्थीहरूलाई काठमाडौँको ककटेल एन्ड फ्लेयर एकेडेमीका सीईओ एवम् बार टेन्डर गुरुप्रसाद दाहालले प्रशिक्षण दिएका थिए ।

उनले विभिन्न पाँचतारे होटल र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा बारटेन्डिङसम्बन्धी कार्यशाला सञ्चालन गरिसकेका छन् ।   

कार्यशालाबाट कक्षा ११ र १२ का साथै डीएचएमका समेत गरेर २९० विद्यार्थीले प्रत्यक्ष लाभ लिएको मेघाका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषण श्रेष्ठले जनाए ।

बारटेन्डिङ (मिक्सोलोजी र फेलेयरिङ) सम्बन्धी प्रशस्त जानकारी प्राप्त भएका कारण धेरै विद्यार्थीले भविष्यमा सफल बारेटेन्डर बन्ने लक्ष्य राखेको विभागीय प्रमुख श्रेष्ठले बताए ।

मेघा कलेजले यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्ने गरेको छ । मेघाले यसलाई आप्mनो ‘सिग्नेचर कार्यक्रम’ को रूपमा लिएको छ ।

कार्यक्रमबाट भविष्यमा बारटेन्डिङमा सफल करियर बनाउन चाहने विद्यार्थीमात्र नभएर होटल म्यानेजमेन्टका सम्पूर्ण विद्यार्थीहरू लाभान्वित भएको श्रेष्ठको भनाइ छ ।

कार्यशालाका क्रममा विद्यार्थीहरूलाई मिक्सोलोजी मात्र नभएर जगलिङको पनि विशेष तालिम प्रदान गरिएको ।

धरानका अन्य कलेजमा यस प्रकारका कार्यक्रम हुने गरेको छैन ।

कार्यशालापछि सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

मेघा यस प्रकारको कार्यशाला आयोजना गर्ने प्रदेशकै एकमात्र होटल म्यानेजमेन्ट कलेज हो ।

यहाँ स्वीस कन्ट्याक्ट कार्यक्रमअन्तर्गत हरेक वर्ष विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष प्रशिक्षणका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रशिक्षण पनि दिने गरिएको छ ।

गत वर्ष सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा होटल म्यानेजमेन्टतर्फ मेघाकी छात्रा धरानमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छन् ।

Messenger_creation_8077B85E-98BF-4BE8-A276-F89D2AE1A621 Messenger_creation_351385A7-078A-4C4C-960F-D57ACE874839

विज्ञापन बोर्ड सदस्य ...

इटहरी । नेपाल सरकार विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदे ...

धरानमा भव्य रूपमा पर ...

धरान/  हिन्दू धर्मका छैठौं अवतार भगवान परशुरा ...

५ सयका ७ थान नक्कली ...

विराटनगर/ विराटनगरस्थित एक किराना पसलमा सामान किन् ...

दौरा सुरुवालमै लन्डन ...

सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved