इलाम गोल्डकपको तयारी सुरु

  • भदौ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  पूर्वी पहाडी जिल्लाकै उच्च धनराशिको इलाम गोल्डकपको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ ।

प्रतियोगिता मङ्सिर २२ गते देखी २९ गतेसम्म हुने भएको हो । आयोजक रेड हर्ष इलामले प्रतियोगिताबारे सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रतियोगिता इलामको ठुलो टुँडिखेलमा सञ्चालन हुने छ ।

प्रतियोगितामा जम्मा आठ वटा टिमको सहभागिता रहने छ । प्रथम हुने टिमलाई नगद दश लाख सहित मेडल र प्रमाण पत्र वितरण गरिने फुटबल क्लबका सदस्य तथा टिम व्यवस्थापक निरोज खड्गीले जानकारी दिए ।

उनका अनुसार दोस्रो हुने टिमले नगद पाँच लाख सहित मेडल र प्रमाण पाउने जनाइएको छ ।

पहिलो संस्करण भन्दा दोस्रो संस्करणमा पुरस्कार राशिमा दोब्बरले वृद्धि गरिएको छ ।

पहिलो संस्करणमा विजेता टिमले नगद पाँच लाख प्राप्त गरेको थियो भने दोस्रो हुने टिमले दुई लाख पचास हजारमा चित्त बुझाएको थियो ।

प्रतियोगिता सम्पन्न गर्न ७८ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

जसका लागि प्रायोजक र सहयोगीको खोजी भइरहेको बताइएको छ ।

गएको वर्ष बि डिभिजनका क्लब मात्रको सहभागिता रहेको थियो भने यस वर्ष ए डिभिजनका क्लबको सहभागिता रहने छ ।

नेपालका चर्चित फुटबल क्लब सहित विदेशी टिमको समेत सहभागिता रहने आयोजक रेड हर्ष फुटबल क्लब इलामका अध्यक्ष साङ्गे यल्मुले जानकारी दिए ।

पहिलो संस्करण गएको माघ छ गते देखी १३ गतेसम्म सञ्चालन भएको थियो ।प्रतियोगिताले जिल्लाको खेल पर्यटन प्रवर्द्धनमा समेत सघाउन पुग्ने अपेक्षा लिइएको छ ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved