आमसञ्चार र समावेशी पत्रकारिता पुस्तकको विमर्श

  • भदौ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ बुधबार इहटरीमा पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’को विमर्श कार्यक्रम गरिएको छ ।

बागियान साहित्यिक पत्रिकाले पुस्तकको विमर्श कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वक्ताहरूले टिप्पणी गरेका थिए ।वक्ता तथा उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकमा पत्रकारितामा समावेशीको दृष्टिबाट कस्तो देखिन्छ भन्ने थाहा पाउन सकिने बताए ।

‘तथ्यांक संकलन र व्याख्या विश्लेष्णमा मिहिनेत गरिएको छ ।

समता र समानतामा के फरक पर्छ भन्नेबारे यो पुस्तकले बहसको उठान गरेको छ,’ उनले भने, ‘पत्रकारले पुरस्कार पाउँदा पनि राज्यबाटै विभेद हुने गरेको कुरासँगै पत्रकारिताले समावेशी सिद्वान्तलाई आत्मसाथ गर्नुपर्ने कुरा पुस्तकमा छ ।’खासगरी आम पत्रकारिता जगतले राज्यलाई संविधानको मर्मलाई आत्मसाथ गर्न दबाब दिनुपर्ने उनले बताए ।

‘मातृभाषालाई संरक्षण गर्ने सरकारको दायित्व भएपनि खास काम भने भएको छैन,’ विद्रोहीले भने, ‘यसरी हरेक क्षेत्रमा उत्पीडित वर्ग पछाडि परेका छन् । तिनै उत्पीडित वर्गले समानतामूलक हिसाबमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने कुरा पुस्तकमा छ ।’

पुस्तकले पत्रकारिता क्षेत्रमा महिला, आदिवासी जनजाती, मुस्लिम, दलित तथा उत्पीडित वर्गको सहभागिता कहाँ, कति छ भन्नेबारे तथ्यांकगत रूपमा व्याख्या गरिएको पुस्तकका लेखक सापकोटाले बताए ।

समावेशीताको पक्षमा वकालत गर्नेहरूले पुस्तक पढ्नुपर्ने उनको भनाइ छ ।

‘राज्यसत्ताबाट बञ्चित भइरहेकाहरूलाई प्रतिनिधित्व गराएजस्तो गर्ने तर देखावटी मात्रै भएको छ,’ उनले भने, ‘पत्रकारिता जगतले समावेशीताको कुरा उठान गरेपनि पत्रकारिताभित्रै समावेशीता कार्यान्वयन भएको छैन ।’उनले पत्रकारितासँगै राज्यका विभिन्न तहमा समावेशीता नभएको सुनाए ।

कार्यक्रमकी वक्ता, शोभा बजगाईंले भनिन्, ‘समावेशीताको सवालमा पटकपटक आफ्नै हृदय छाम्नुपर्छ ।’ अधिवक्तासमेत रहेकी उनले लैङ्गिक विभेदका कारण महिलाहरू पत्रकारिता पेशामा टिक्न नसकिरहेको उदाहरण प्रस्तुत गरिन् ।

पत्रकारिता क्षेत्रमा पारिश्रमिकको कुरासँगै सुरक्षाको दृष्टिकोणमा पनि महिला पत्रकार किन टिक्दैनन् ? भन्नेबारे बहस गर्न आवश्यक रहेको उनले सुनाइन् ।

कार्यक्रममा वक्ता तथा पत्रकार राजन केडीले समावेशीको कुरा सिद्वान्तभन्दा व्यवहार रहेको बताए । ‘समावेशी सिद्वान्तलाई व्यवहारमा उतार्न पुस्तकले घचघच्याएको छ,’ केडीले भने, ‘पत्रकारले सीमान्तकृतहरूका आवाज लेख्नुपर्छ ।

यो पुस्तकले त्यही कुराको उठान गरेको छ । खासमा यो पुस्तक तत्कालै तात्ने र तत्कालै सेलाउने नभएकाले पनि यसको महत्व छ ।’

बागियान साहित्यिक पत्रिकाका सञ्चालकसमेत रहेका श्रीश्रीशा राईको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बराललगायतले बोलेका थिए ।

नेपालको वर्तमान राजनीतिक परिवेशमा, आदिवासी जनजाती, महिला, मुस्लिम, दलित वर्गका मुद्दालाई उठान गर्न यो पुस्तक महत्वपूर्ण दस्तावेज बन्ने वक्ताहरूले बताएका थिए ।उक्त पुस्तक नौ अध्यायमा व्याख्या गरिएको छ ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved