हामी धराने,काठमाण्डौको तीज कार्यक्रम

  • भदौ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौ। हामी धराने, काठमाण्डौआयोजनामा  काठमाडौमा शनिबार  हरितालिका तीज २०८१ शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।

सुनसरीको धरान घर भई अहिले काठमाडौ उपत्यकामा बस्दै आएकाहरुको लागि हामी धराने काठमाडौँले अघिल्लो बर्ष झैँ यो बर्ष पनि भदौ ८ गते शनिबार  विशेष कार्यक्रम गरी तीज पर्व मनाएका छन् ।

काठमाडौंको भिमसेनगोलामा रहेको आनन्द इभेन्ट्स एण्ड मिटिङमा आयोजित शुभकामना आदानप्रदान तथा तीज कार्यक्रममा उल्लेखनीय रुपमा मानिसको उपस्थिति रहेको आयोजक ईशा अधिकारीले बताइन् ।

‘धरान घर भएर काठमाडौं र आसपासमा बस्दै आएका मानिससँग भेटघाट गर्ने र आपसी अन्तरक्रिया गर्ने माध्यमको रुपमा यो कार्यक्रमलाई लिएका छौं’ अधिकारीले भनिन् । श्री शारदा बालिका स्कुलको पुर्व प्रधानाध्यापक नारायणदेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा,हामी धराने, काठमाण्डौका अध्यक्ष  राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक शशि शर्मा पौडेल रहेका थिए ।

कार्यक्रममा धरानको प्रतिनिधित्व गर्नुहुने महिलाहरु  बरिष्ठ  चिकित्सक डा. छत्र अमात्य, उप–सचिव डा. बालकुमारी शर्मा, बरिष्ठ  पुस्ताकलायाध्य्क्ष  सीता शर्मा,  कवियत्री सविता श्रेष्ठ बेहोसी,  राष्ट्रिय टेबुल टेनिस खेलाडी स्वेच्छा नेम्वाङ, गायिका मथुरा श्रेष्ठ, गायिका रमना  श्रेष्ठ, गायिका प्राश्ना शाक्यलगायतलाई सम्मान गरिएको थियो ।

बिनोद श्रेष्ठ तखाछेंले कार्यक्रम संचालन गरेका थिए।  कार्यक्रम संचालन गर्ने क्रममा उनले हाल केही महिनादेखि धरानका प्रायःजसो पसलहरुमा बोनी समेत नभएको अवस्थाबारे केही व्यापारी साथीहरूबाट जानकारी प्राप्त भएको हुदा, धरानको व्यापार व्यवसायलाई केही हदसम्म भएपनि हाम्रो तर्फबाट केही टेवा पुर्याउन सकिन्छकि भनेर कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई यसपालि दशै मनाउन धरान घर जानेहरुलाई दशैको किनमेल धरान मै गरिदिनु हुन सबैमा अनुरोध समेत गरेका थिए।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved