धरान–१७बाट चोरी भएको मोटरसाईकलसहित ६ जना पक्राउ

  • भदौ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 धरान/ इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको दुई वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको छ ।

भाद्र ३ गते धरान उप–महानगरपालिका–१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४४ प ५९४२ नं.को केटीएम डुके र बा १४ च ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका–१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका–२ का २४ बर्षीय लालु भन्‍ने मो.रहमान रहेको सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए।

यस्तै, राजविराज नगरपालिका–२ का अरविन यादव, सिराहा जिल्ला घर भई हाल बिराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह रहेको एसपी रेग्मीले बताए।

यस्तै, मोटरसाईकल चोरी गर्न प्रयोग गरीएको बा १४ च ८०२६ नम्बरको स्कारपियो गाडी सहित उनीहरुलाई पक्राउ गरेको उनले बताए।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved