तेश्रो अन्तर स्कुल डिपो बास्केटबल रनिङ कप : भदौ २७ गते देखि हुने ",कोशीभरीका बिद्यालयलाई आह्वान"

  • भदौ ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोरोना कालमा स्वर्गबास भएका मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा विगत २ बर्ष देखि हुदै आएको बास्केटबल प्रतियोगिताको तेश्रो संस्करण यो बर्ष यहीँ भदौ २७ गतेदेखि धरानमा हुने भएको छ ।

आईतबार धरान १८ स्थित रहेको डिपो मावि धरानले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

“ मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङग कप” भनेर विगत तीन बर्षदेखि निरन्तर हुदै आएको छ । प्रतियोगिता भदौ २७ गतेबाट ३१ गते सम्म हुने डिपो माविका प्रध्यानाध्यापक राजकुमार राईले बतएका छन् ।

तेश्रो संस्करणको रुपमा आयोजना गरिएको प्रतियोगितालाई कोशी प्रदेश भरिका बिद्यालयलाई सहभागिताको लागि आह्वान गरिएको छ ।

बिजेतालाई पुरस्कार

प्रथम पुरस्कार रु १५००, ट्रफी, मेडल तथा प्रमाणपत्र, दोश्रो पुरस्कार रु ७५००, ट्रफी, मेडल तथा प्रमाणपत्र, मस्ट भेलुएवल प्लेयरको लागि ट्रफी र प्रमाण पत्र र हाई स्कोरको लागि ट्रफी र प्रमाण पत्रबाट पुरस्कृत गरिने प्रधानाध्यापक राईले बताए ।

सहभागी धेरै हुने भए लिग कम नकआउट र कम सहभागी हुने भएमा नकआउट खेल खेलाउने योजनामा रहेको बताए ।

स्वर्गीय मेजर श्रवण कुमार लिम्बुले डिपो माविको विद्यालय व्यवस्थापन समितिलाई १६ बर्षसम्म लगातार नेतृत्व सम्हालेका थिए ।

उनकै पालामा स्कुललाई प्लस टु,कलेज सम्म स्तरोन्नती गरी अहिलेको डिपो आर्दश बहुमुखी क्याम्पस गठन गरिएको थियो ।उनकै स्मृतिमा यो प्रतियोगिता हुँदै आएको छ ।

 

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved