घुम्न जाने भन्दै घरबाट लगेर १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार "६ जना पक्राउ"

  • भदौ ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt प्रतीकात्मक तश्वीर

झापा/ झापामा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा ७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई अलगअलग स्थानमा पुर्याएर एकैरात ७ जनाले सामूहिक बलात्कार गरेका हुन् ।

पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए ।

एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

उनका अनुसार १६ वर्षीया बालिका शुक्रबार राति बलात्कृत भएकी हुन् । सुरुमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको चन्दले बताए ।

 बालिकालाई सुरुमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले बालिकालाई राति ८ः१५ बजेतिर अर्जुनधारा–८ नयाँ बजार पुर्याएर बाख्रा हटिया लाग्ने स्थानको फलैँचामा बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि बालिकालाई राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा पुर्याइयो ।

अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशीले अर्जुनधारा–७ मा सञ्चालन गर्दै आएको होटलमा लगेर होटल मालिकसहित अरु ४ जनाले बलात्कार गरेको डीएसपी चन्दले बताए ।

उनका अनुसार होटल सञ्चालक राजवंशीसहित होटलमा ‘कुक’को काम गर्दै आएका अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका बारेमा प्रहरीले शनिबार साँझ मात्रै जानकारी पाएको थियो ।

बालिकामाथि सामूहिक बलात्कार भएको घटनासँग सम्बन्धित जाहेरी साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय अनारमनीमा परेको हो ।

त्यसपछि बलात्कारमा संलग्नको खोजी र पक्राउका लागि इन्सपेक्टर सन्तोष राईको नेतृत्वमा प्रहरी परिचालन गरियो ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोप लागेका होटलका सञ्चालक सुनीलसहित ६ जनालाई पक्राउ गरेको छ । सञ्जीव फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बलात्कारबाट पीडित भएकी बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको डीएसपी चन्दले बताए ।

पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

 

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved