फरुवाले प्रहार गरि हत्या गर्ने पक्राउ

  • भदौ ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । सुनसरीको गढीमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।


भदौ ३ गते सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ थलाहामा स्थानीय ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो ।
टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नको खोजी गरिएको थियो ।

प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरिएको हो ।

उनले कोदालो (फरुवा)ले पटकपटक प्रहार गरी टाउको छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनामा प्रहरीले कुकुरसहित अनुसन्धान सुरू गरेको छ । प्रहरीकाअनुसार ज्ञानचन्दले भाडामा सञ्चालन गर्दै आएको रिङ उद्योगभित्र रहेको टिनको टहरामा चन्दन राति सुत्दै आएका थिए ।

तर, ज्ञानचन्दले त्यहाँ सुत्न नदिएपछि रिसाएका चन्दनले राति निदाएको बेलामा फरुवाले घाँटी काटेर ज्ञानचन्दको हत्या गरेर टाउको अन्तै लगेर फालिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

टहरामा सुत्न नदिएको झोंकमा सोमबार राति ज्ञानचन्दको क्रूरतापूर्वक हत्या गरेपछि घटनास्थलमै रहेका चन्दनले लगाएको लुगामा रगतको टाटा देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्याको कारण खुलेको थियो ।

प्रहरीका अनुसार हत्या आरोपी चन्दन लागूऔषधसमेत सेवन गर्ने गरेको खुलेको छ ।पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved