धरानमा मकै: पोलेको रु.३०, मासिक ९० हजारभन्दा बढी आम्दानी(भिडियो सहित)

  • भदौ ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शान्ति श्रेष्ठले हरियो मकै बेचेर मनग्यै आम्दानी गर्दै आएकी छिन्।

श्रेष्ठले धरान१ स्थित लक्ष्मी चौक दक्षिण पुर्वसाइडमा हरियो मकै बेचेर राम्रो आम्दानी गर्छिन।दैनिक जसो सयदेखि डेढसय घोगा मकै पोलेर विक्री गर्दछिन्। पोलेको मकैलाई उनी ३० देखि ४० रुपैयाँ सम्म बिक्री  हुन्छ ।

दैनिक श्रेष्ठको नभएपनि औशतमा ४ हजार रुपैयाँ त मकै पोलेर नै कमाई हुन्छ। यो औषत दैनिक बिक्री हुने मकैबाट उनको मासिक आम्दानी ९० हजार भन्दा माथि हुने गरेको बताउँछिन्।राम्रै छ,लेबर काम गर्नु भन्दा त यहीँ नै सजिलो छ,बुढेसकाल पनि लाग्यो,यसरी नै चलेको छ  श्रेष्ठले भनिन्।

पोलेको मकै खानेहरुले प्रायःजसो त्यहीँ मुढामा बसेर मकै खाने गरेका छन्। दिउँसो१ बजेदेखि सडकपेटीमा नै पोलेको मकै वेचेर सात जनाको परिवारको जीवन चलेको छ।बेलुकी ८,९बजे सम्म त्यही सडकपेटीमा मकै पोल्दै बच्दै बस्छिन् ।

हरियो खोसेला सहितको मकै धरान बाहिरबाट ल्याउने गरेका छन् श्रेष्ठले मकै सुनसरीको श्रीलंका टापुबाट खरिदगरेर ल्याएकी हुन् बढ्दो शहरीकरण भई घनाबस्ती र प्लटिङले गर्दा खेतीपाती हुन छाडेको छ धान,मकै,कोदो जस्ता कृषि जन्य बस्तु  उत्पादन हुन छाडेका छन्।

खेतबारी बाझै छन ।त्यसैले कृर्षिजन्यबस्तुको लागि पर निर्भर हुनु परेको छ। धरानमा ल्याएर विक्री गर्ने हरियो मकै चितवनदेखि पनि आउने गरेको मकै पोलेर विक्री गर्दै आएकाहरुले बताए ।ढुवानीसेवा मार्फत इटहरी ,धरान,विराटनगर लगायत सम्म चितवनको मकै आउने गरेको उनीहरुको भनाई छ।

 भिडियो :

 

 

 

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved