दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी लाखौं भक्तजनहरुलाई रथयात्रा सहित परिक्रमा गराइने

  • भदौ ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार

सुनसरी/ सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ ।

बुधबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं १० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको अध्यक्ष पंकज हलुवाइले जानकारी दिएका हुन् ।

दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा प्रत्येक बर्ष मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सब यस वर्ष पनि मनाउनका लागि एक महिना अघि देखि राधा कृष्ण मन्दिर दुहबीका मूल समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागि २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् ।

महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ८ किलोमिटर सम्म रथ यात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने कार्यक्रमका प्रमुख अतिथि दुहबी वडा न.६का अध्यक्ष घन्शयाम हलुवाईले पत्रकार समेलमा बताएका छन ।

सुनसरीको दुहबीमा लगातार वर्षदेखी भव्यक्ताका साथ मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई रथयात्रा परिक्रमा सहभागी गराई महोत्सव सुसम्पन्न गर्ने बिश्वास पत्रकार सम्मेलन आयोजक समितिले ब्यक्त गरें ।

कृष्ण जन्माष्टमी महोत्सव दुहबीमा ८लाख देखि ९ लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेका छन् ।

महोत्सवको दिन रथयात्रामा लाखौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने इप्रका दुहबीका प्रतिनिधि प्र.ना.नी सुवास चन्द्र सुनुवारले निर्धक्क भक्तजन हरु रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।

कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं १०/११ गते भजन किर्तन र प्रसाद वितरण, ११ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाईकल रर्याली र दिउँसो श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजक मेला पुजा महोत्सवका सहउपाध्यक्ष चन्दन बैठाले कार्यक्रम सार्वजनिक गरी बताएका छन् ।

duhabi-krisna 1

पत्रकार समेल कार्यक्रममा दुहबी नगरपालिका वडा अध्यक्ष मुस्तकिम रैन ,ट्राफिक प्रहरी कार्याल दुहबीका इन्चार्ज चन्द्र कुमार (फाँजु)श्रेष्ठ ,शस्त्र बेस दुहबीका प्रतिनिधि प्रसनानी श्याम कुमार खड्का,नेवा.देय.दवुका प्रतिनिधि प्रेम श्रेष्ठ,स्थानीय समाजसेवी केलाश भगत,राजेश रौनियार,वडा न.६ का सदस्य देवनंद खत्बे,स्थानीय संचारकर्मी चन्दन रौनियार लगायतका उपस्थित रहेको थियोे ।

पुजा तथा मेला महोत्सव समितिकामा अध्यक्ष पंकज हलुवाई,उपाध्यक्ष राकेश डाँगी ,सचिव ऋषि साह,सहसचिव राजा रौनियार कोषाध्यक्ष हरिनारायण ठाकुर, सहकोषाध्यक्ष रितिक रौनियार,सदस्यहरु शम्भु हलुवाई,जीवन हलुवाई ,सुरज पासवान ,सजित मण्डल ,गगा हलुवाई ,राहुल झा,मनिष रौनियार ,मनोज रौनियार ,त्रिलोकी भगत, राकेश हलुवाई ,हेमनरायण यादब,सोनु अग्रहरी रहेका छन ।

श्राेत : चन्दन रौनियार

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved