धरान/ गैंडे आहाल अर्थात गैंडाले पानी खाने आहाल । धरान ६ स्थित पानबारीमा रहेको छ ।
यो आहालको नाम नै गैंडे आहाल हो । आहालकै नामले त्यस ठाउँ आसपास बसोबास गर्नेहरुलाई तपाईको घर कहाँ हो भनेर सोधियो भने गैंडे आहाल भन्ने गरेका छन् । गैंडे आहाल भनेपछि सबैले चिन्छन् ।
नाम चाहिँ गैंडे आहाल भनिएतापनि यहाँ गैंडा भने पाइँदैन । त्यहीँ आहाल मात्रै छ ।
वर्षा याममा त आकासे पानीले नै आहाल भरिने गरेको छ भने जब सुख्खा याम लाग्छ ,त्यो बेला त्यहाँको पानी सुक्छ ।त्यहाँका बुढापाकाहरुको भनाई अनुसार उक्त आहालमा गैंडा आएर पानी खाने गरेको किँवदन्ती पाइन्छ ।
आहाल बषौदेखि नै त्यहाँ रहेको छ ।पछिल्लो समय यस्ता आहालहरु मासिँदै गएको छ ।
त्यस स्थानका मानिसहरुले चारखुट्टे जनावर चौपायको लागि यस्ता आहालहरु बनाउने गरेका थिए ।
पानीको अभावले गाई वस्तु र भैंसीलाई खुवाउनको लागि आहाल बनाउने चलन रहेको थियो ।
सबै जना भेला भएर सामुहिक श्रमदान गरेर आहाल खनेर बनाइन्थो र त्यहीँ आहालमा चौपायलाई पानी खुवाउने गर्दथे । चारकोस घनाजंगल रहेको र त्यहाँ जंगली जनावरको वासस्थान रहेको बताइन्छ ।
जंगलमा बाघभालु,चितुवा,गैडा, हरिण लगायतका जंगली जनावरहरु पाइन्थ्यो । दिन दहाडै बाघ निस्किएर वितण्डा मच्चाउने गरेको पनि बुढापाकाहरुको भनाई छ । स्थानीय टेक बहादुर मगर अहिले ९२ बर्ष भन्दा बढी उमेरको भए ।
तर त्यो बेला गाउँ पातालो र घनाजंगलबाट आउने जंगली जनावरले दिने गरेको दुःखलाई सम्झिने गर्दछन् ।
उनी भन्छन्,“बाघभालु लगायतको जनावर दिउँसै आउँथ्यो,तर अहिले खै कहाँ गयो,जंगल पनि मासिँदै गएपछि जंगली जनावर पनि हराउँदै गए ।”
भिडियो: