राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद मार्सल आर्ट्सको काठमाण्डौमा केन्द्रिय महाधिवेशन

  • भदौ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ ।

संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नेपालभित्र नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स खेलको विकास विस्तारका साथै नेपाललाई खुकुरी मार्सल आर्ट्स खेलमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता बृद्धि गरी खेलकूदमार्फत राष्ट्रको प्रतिष्ठा अभिबृद्धिमा जोड दिँदै आएको संघले स्थापनाको छोटो अवधिमै ७७ जिल्लाका तीनसय ६५ पालिकामा विस्तार गर्दै एकसय ६५ वटा डोजो सञ्चालन गर्न सफल भएको संघका अध्यक्ष डा. पूर्णप्रसाद पाण्डेले बताए ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ २०७४ सालमा स्थापना भएको संघले खेलको स्तर बृद्धि गर्न प्रशिक्षण, विभिन्न स्तर र तहका प्रतियोगिता सञ्चालन गर्दै आएको छ भने तीनवटा राष्ट्रिय प्रतियोगितासमेत आयोजना गरिसकेको छ ।

साथै संघले आगामी कात्तिकमा सुदुरपश्चिम प्रदेशमा केन्पो खुकुरी मार्सल आर्टस् प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसैगरी यसैवर्षभित्र पोर्चुगलमा आयोजना हुने प्रतियोगितामा पनि खेलाडीलाई भाग लिनका लागि पठाइने संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका प्रमुख सल्लाहकार डा. चुडादेव सिं लामा, संघका उपाध्यक्षहरु क्रमशः मदन रेग्मी, मानदेव भजरा, निरज पाण्डे, यादव अधिकारीलगायतले भावी सम्मेलनका विषयमा आफ्ना भनाई राख्नुभएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved