लाखौ मुल्यको काठ कुहियो

  • साउन ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/  डिभिजन वन कार्यालय ताप्लेजुङको अधिनमा रहेको लाखौ मूल्य बराबरको कुकाठ १४ सय क्युविक काठ कामै नलाग्ने अवस्थामा पुगेको छ ।
डिभिजन वन कार्यालयले बेबारिसे अवस्थामा रहेका उत्तीस र मलाटो जातका काठहरु बरामद गरेर घाडगद्धी गरेपनि समयमै उक्त काठ लिलाम, विक्री गर्न नसक्दा सड्ने अवस्थामा पुगेको हो ।

जिल्ला वन कार्यालय ताप्लेजुङ्ग योजना शाखाका अधिकृत परमेश्वर पासवानसँग यस सम्बन्धमा सम्पर्क राख्दा दुई आर्थिक बर्षमा पटक पटक लिलामीका लागि बोलपत्र आवहान गर्दा पनि कसैको बोलपत्र नपरेको बताए ।

उत्तीस र मलाटो जातका काठहरु प्लाइउड उद्योगहरुमा प्रयोग हुने भएपनि एक बर्ष भन्दा बढी पुरानो भएका कारण ती काठहरु घाम र पानीले काम लाग्न सक्ने अवस्थामा छैनन् । काठ सड्दै र गल्दै गएका छन् ।

जिल्ला वन कार्यालये काठ सड्नबाट जाेगउन जिल्ला अदालतको स्वीकृति लिएर २०७८ साल माघ २० गते र २०७९ सालमा दुई पटक बोलपत्र आवहान गरेको थियो ।

उत्तीस जातको काठ ए ग्रेडको भए प्रति क्युविक ३ सय र बी ग्रेडको भए २ सय मूल्यमा यसभन्दा अगाडि विक्री लिलामी गर्दैै आएको थियो । तर दुवै पटक कसैको बोलपत्र नपरेपछि अब बिक्री हुने आश नरहेको पासवानले बताए ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved