सुनसरी ब्याडमिन्टन संघको अध्यक्षमा प्रतिक श्रेष्ठ

  • साउन ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्ला ब्याडमिन्टन संघ पुर्नगठन भएको छ । पुर्नगठन कार्यक्रमबाट प्रतिक श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

उक्त समितिको उपाध्यक्षमा सुरेश नियोङ लिम्बू र मणिराज गुरुङ चयन भएका छन् भने सचिवमा सुरेश कार्की र कोषाध्यक्षमा मन्त बहादुर तामाङ चयन भएका छन् ।

यसैगरि, ४ जना सदस्यमा शुभाष कुमार भट्टराई, पहलमान कटुवाल राजेश गौतम र श्याम प्रसाद लो चयन भएका छन् ।

संघको विधान अनुसार १५ जना कार्यसमितिमा रहने व्यवस्था छ । बाँकी ६ जना सदस्य अध्यक्ष एवं कार्यसमितिले मनोनयन गर्ने नवनिवार्चित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक राई प्रमुख अतिथि रहेका थिए भने नेपाल ब्याडमिन्टन संघका प्रतिनिधिको रुपमा केन्द्रिय उपाध्यक्ष चन्द्रशेखर लामा बिशिष्ट अतिथि रहेका थिए ।

पुर्नगठन कार्यक्रममा निर्वाचन अधिकृत अधिबक्ता रेवती रमण भण्डारी रहेका थिए ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved