सात सय बन उपभोक्तालाई नि:शुल्क कफि,मेवा,चिराइतो वितरण (भिडियो सहित ) "घर घरमा विरुवा रोप्ने अभियानले उपभोक्ताहरु खुशी"

  • साउन ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीको वन समितीका सात सय उपभोक्ताहरुलाई नि:शुल्क विरुवा वितरणलाइ निरन्तरता दिएको छ।

पानबारी सामुदायिक बन उपभोक्ता समुहका सात सयभन्दा बढी उपभोक्तालाई एक उपभोक्ता एक विरुवा अभियान अन्र्तगत नि:शुल्क विरुवा वितरण अभिायान्तरगत वितरण गरिएकाे बन समिती अध्यक्ष भुपाल(कृष्ण) राईले बताए।

bhu

उनका अनुसार विगत एक वर्षअघिदेखि उपभोक्ताको घर घरमा विरुवा रोप्ने अभियान सञ्चालन गर्दै आएको छ। यो वर्षाको समय हो, विरुवा रोपेपछि हुर्कन सजिलो हुने भएकाले यतिवेला धेरै विरुवा रोप्ने अभियानमा रहेको अध्यक्ष राईले बताए।

bh b

उनले उदाहरणका लागिे,“विगतको वर्षदेखि विरुवा वितरण गर्दै आएका छौ,अहिले मेवा,चिराईतो,कफि,अमला लगायतको विरुवा वितरण गरेका होै।” विरुवा पाँचकन्या सव डिभिजन कार्यालय धरानले उपलब्ध गराएको हो।

वन समितीका सचिव शर्मिला विश्वकर्माका अनुसार वन उपभोक्तालाई वृक्षारोपण गर्नअभिप्रेरित गर्दै सचेतना कार्यक्रम सहित बिरुवा रोप्न वन समितीले नै उपलब्ध गराउँदै आएको बताइन्।

उपभोक्ताको घर घरमा वन पदाधिकारीले विरुवा प्रदान गरेको र हाल सम्म २५ सय भन्दा बढी विभिन्न प्रजातीका विरुवा वितरण भैसकेकाे सचिव विश्वकर्माले बताइन्।

सह सचिव सुरेन  मुदेलले उपभोक्तालाई बन हेरालु मात्रै बनाउँने होइन,विरुवा रोप्न प्रेरणा दिदैं सामाजिक कार्य समेत अग्रसर गराउन वन पदाधिकारी लागि परेको वताए।

सरसफाई अभियान,सहयोग,विरुवा रोप्न प्रेरणा, उपभोक्ताको स्वास्थ्यको लागि नि;शुल्क स्वास्थ्य शिविर लगायत विबिध सामाजिक गतिविधि गर्दै आएको मुदेल  बताएका छन्।

भिडियाे:

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved