बंगलादेशी नेपाल प्रवेश गर्न प्रयास,दुईजना फिर्ता

  • साउन ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न प्रयासरत देखिएका छन् ।
भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

तीमध्ये केहीलाई प्रहरीले फिर्ता पठाएको छ ।बंगलादेशमा हिंसा बढेसँगै कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा अवस्था कडा पारिएको छ ।

सुरक्षा अवस्था कडा पारिएकाले नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक सीमाबाटै फिर्ता भएको प्रहरीको दाबी छ ।

बंगलादेशमा चुलिएको राजनीतिक संकट र हिंसाका कारण देश छाडेका बंगलादेशीहरू नेपाल समेत प्रवेश गर्न खोजेका छन् ।

नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ ।

फिर्ता पठाइएकामा एक पुरुष र एक जना वृद्धा महिला छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई फिर्ता सीमा नाकाबाट फिर्ता पठाइएको पठाइएको हो ।

उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेको भट्टराईले बताए । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला परेको थियो ।

त्यसपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाइएको हो । यसअघि पनि जोगवनीबाट नेपाल प्रवेश गर्न खोजेका २ जनालाई प्रहरीले फिर्ता पठाएको थियो । प्रहरीका अनुसार बंगलादेश टाङगाई पूरा बरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो ।

बंगलादेशी नागरिक प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।

मोरङको रानी नाकमा मात्रै नभई काँकडभिट्टा नाकामा पनि सतर्कता अपनाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।
उनले झापामा अहिले सम्म नेपाल प्रवेश गर्ने बंगलादेशी नागरिक फेला नपरेको बताए ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved