युएनका डेढसय बिद्यार्थीलाई फाइभ स्टार होटलमा अभिमुखिकरण( तस्बिर सहित)

  • साउन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान १६ स्थित युएन नबोदय कलेजले विद्यार्थीहरुलाई फाइभ स्टार होटलमा लगेर अभिमुखीकरण गराएको छ ।

होटल म्यानेजमेन्टमा ब्रान्ड रहेको उक्त कलेजले नयाँ शैक्षिक सत्रको लागि कक्षा–११ मा भर्ना भएका एक सय ५० जना विद्यार्थीलाई शनिबार झापाको धुलाबारी स्थित होटल मेचि क्राउनमा अभिमुखिकरण गराएको हो ।

अभिमुखिकरण कार्यक्रममा कलेजका क्याम्पस प्रमुख एबम प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत पुर्बक पढ्न आग्रह गरे ।

यु.एन.नबोदयका बिद्यार्थीले होटल म्यानेजमेन्टमा धरान टप, जिल्ला, प्रदेस टप हुदै नेपाल सेकेन्ड टप समेत हुन सफल भएकाले अब अझै मिहिनेतसाथ अध्ययन गरी नेपाल टप गर्न बिद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा कक्षा–११ होटल म्यानेजमेन्टका १ सय ५० जना बिद्यार्थीहरु सहभागि रहेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।

कलेजका अध्यक्ष एबम म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले होटल म्यानेजमेन्टमा प्लस टु अध्ययनका लागि सही कलेज छनोट गरेको भन्दै नयाँ बिद्यार्थीहरुलाई बधाई दिए र यु.एन.नबोदय कलेजले बिद्यार्थीलाई पढेको सर्टिफिकेट दिनको लागि नभएर स्किल्ड मेन पावर उत्पादन गर्न बिशेष जोड दिएको अध्यक्ष झाले बताएका छन् ।

होटल मेची क्राउनका म्यानेजर निरन्जन श्रेष्ठले मेची क्राउन साढे आठ बिघा क्षेत्रफल सहित २ सय १० वटा सुबिधा सम्पन्न कोठाहरु भएको कोशी प्रदेसकै एक मात्र फाईभ स्टार होटल भएको जानकारी गराए ।

होटल भनेको के हो, होटल म्यानेजमेन्टको स्कोप के छ, फाईभ स्टार होटलमा कस्तो सुबिधा हुन्छ आदि कुराहरुको बारेमा म्यानेजर श्रेष्ठले बिद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

होटल म्यानेजमेन्ट कक्षा–११ की छात्रा सुम्निहाङमा राईले फाईभ स्टार होटल कसरी सन्चालन भएको हुन्छ, के के सुबिधाहरु हुदो रहेछ भन्ने बारेमा प्रत्यक्ष रुपमा अवलोकन गरेर जान्न पाएकोमा खुशी लागेको बताईन।

ब्युटि प्याजेन्ट, गायन, स्पिकर लगायत बिभिन्न बिधामा बिजेता, उप–बिजेता बिद्यार्थीहरु समेत यस कलेजमा अध्ययन गर्दछन्।

मिस प्रोभिन्सकी फस्ट रनर अप अमृता राई,मिस एस.ई.ई.सुनसरीकी सेकेन्ड रनर अप आस्था श्रेष्ठ, एस.ई.ई.स्पिकरकी बिजेता एन्जिला कार्की लगायतले आफ्नो अनुभव शेयर गरे।

अभिमुखिकरण कार्यक्रममा कलेजका प्राध्यापक बिजय अछामि, म्यानेजमेन्ट कोअर्डिनेटर नुर खान, परीक्षा नियन्त्रक बिष्णु दाहाल, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिब भोला श्रेष्ठ , यु.एन.स्कुलका प्रीन्सिपल सर्ण साम्बाहाम्फे लगायतको उपस्थिति थियो।

कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बुले समन्वय गरेको कार्यक्रमको सन्चालन अध्यापक अनिमेस बास्तोलाले गरेका थिए।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले नव आगन्तुक सम्पुर्ण बिद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

 तस्बिरहरु:

u un

un-c und unc uncc unn dun un c 1 uuu uuuuun uc uuuuu uunn

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved