नवनिर्मित भवनको उद्घाटन

  • साउन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर महानगरपालिका वडा नम्बर १८ ले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ ।

भवनको निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो । एक समारोहका बीच नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार उद्घाटन गर्नुभयो ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियालगायतको उपस्थितिमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले छिटोछरितो रुपमा जनतालाई सेवा दिन वडाका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशनसमेत दिए ।

महानगरले दक्षिणी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजनाहरु सञ्चालन गरिरहेको उहाँको भनाइ थियो । चालु आर्थिक वर्षका लागि वडाबाट ५० लाख लगानी गर्ने योजनाका लागि महानगरले ५० लाख रुपैयाँ थपिदिने मेयर कोइरालाले बताए ।

‘वडाले ५० लाख लगानी गर्ने १ करोडसम्मको योजनामा महानगरले ५० लाख थपिदिन्छ,’ मेयर कोइरालाले भने, ‘१ करोडको लगानीमा राम्रै योजना सम्पन्न गर्न सकिन्छ ।’

कोइरालाले सीमित स्रोत साधनको बाबजुद पनि महानगरवासीका असीमित चाहना परिपूर्ति गर्न महानगरपालिका लागिपरेको उल्लेख गर्नुभयो । ‘महानगरले गत आर्थिक वर्ष करिब ६१ करोड आन्तरिक आम्दानी ग¥यो ।

महानगरको ५० करोडभन्दा बढी प्रशासनिक खर्च छ,’ उनले थपे, ‘आर्थिक स्रोतले भ्याएसम्म महानगरको विकासमा लागिपरेका छौं ।’

कम्पाउण्डवालसहित ६९ करोडको लागतमा निर्मित भवनमा प्रशासन, लेखा, अध्यक्ष र सचिवको कार्यकक्ष, स्टोर, प्राविधिकसहित ६ वटा कोठा रहेका छन् । २ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको भवन अपाङ्गमैत्री रहेको महानगरको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । भवनभित्र सेवाग्राहीलाई प्रतीक्षाका लागि हलसमेत रहेको उनले बताए ।

यसअघि भाडाको घरबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । साँघुरो ठाउँबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा निकै समस्या भएको वडाध्यक्ष जितेन्द्र साहले बताए । नवनिर्मित भवनमा पार्किङ, पूर्व र उत्तरबाट प्रवेशद्वार भएकाले आवागमनमा समेत सहज हुने वडाध्यक्ष साहको भनाइ छ ।

नवनिर्मित भवनबाट सेवा सुरु गरेसँगै वडावासी खुसी देखिएको वडासचिव किरण सुवेदीले बताए । कार्यसम्पादनमा कर्मचारीलाई पनि निकै सहज भएको उहाँको भनाइ थियो । महानगरका १९ वडामध्ये अब १३ नम्बर वडाको मात्रै भवन निर्माण हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved