मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज

  • साउन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ ।

शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो ।

सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । मेयर कोइराला आफैं अस्पताल पुगेर खर्च भएको ९० हजारको जिम्मेवारी लिएर शिशुको डिस्चार्ज गराउनु भएको हो ।

कोइरालाले नर्सिङहोमका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई आग्रह गरेपछि रकम नबुझाइकनै शिशुको डिस्चार्ज दिन नर्सिङहोम तयार भएको थियो ।

कोशी अस्पतालमा शिशुको जन्म भएको थियोे । शिशुको अवस्था गम्भीर भएपछि विराट नर्सिङहोममा एनआइसीयुमा राखेर उपचार गरिएको थियोे । अस्पताल ल्याउँदा शिशुको अवस्था अत्यन्तै नाजुक रहेको नर्सिङ होमका जनसम्पर्क अधिकारी केदार पोखरेलले जानकारी दिए ।

उनले शिशुलाई एनआईसीयूमा राखेर निकै प्रयासपछि बचाउन सकेको बताए ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved