एभरेष्टका बिद्यार्थी धरानको चिण्डेडाँडामा पुगेपछि .. "हाइकिङ के हो,कसरी गर्ने र फाइदाहरु"

  • साउन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बिद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षा अलवा बाह्य ज्ञान दिने उद्देश्यले धरान ६ स्थित एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुलले हाइकिङ( पदयात्रा) गराएको छ ।

आइतबार कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई धरान २० स्थित चिण्डेडाँडामा पुर्याएर धरान शहर लगायत पुर्वको दृष्यलाई प्रत्यक्ष रुपमा अवलोकन गराएको हो ।

आइतबार विहान ५ बजेदेखि धरान बजारबाटै विद्यार्थीहरुलाई पदयात्रा गराएइएको हो । किताबी विषयलाई विद्यार्थीहरुको लागि प्रत्यक्ष रुपमा हाइकिङद्धारा नै जानकारी दिने उद्धेश्यले हाइकिङ गराइएको शिक्षक खगेन्द्र श्रेष्ठले बताए ।

उनले भने,“हाइकिङ विषयमा किताबी कोर्ष भएतापनि फिल्डमै लगेर विद्यार्थीलाई ज्ञान दिन स्कुलबाट लगिएको हो,बिद्यार्थीले स्वास्थ्य रुपी जीबनका लागि हाइकिङको महत्व व्यवहारिक रुपमा बुझ्दै र पुर्वकै पर्यटकीय स्थल धरानको चिण्डेडाँडाबाट धरान सहित पुर्वको तराईका फाँटहरुलाई दृष्यावलोकन गरेका छन् ।”

चिण्डे डाँडामा झण्डै डेढ घण्टामा बिद्यार्थीहरु पुगेका थिए । उनीहरुलाई धरान १३ स्थित जिरो प्वाइन्ट पुर्व तफबाट पैदल यात्रा गराईएको थियो ।

यात्रा अनुभुति विद्यार्थीहरुको लागि पहिलो भएको र उनीहरुले धरान बजार पुरै हेर्न पाउँदा खुशीले गदगद् भएर “आहा” धरान साँच्चै रमाईलो भनेर मानेका थिए ।

धरान विद्यार्थीहरुको लागि पछिल्लो समय आधुनिकतासँगै धरान आसपासकै क्षेत्र पनि हेर्न र घुम्नको लागि प्रेरित गर्न समेत हाईकिङको थालनी गरिएको स्कुलका प्रिन्सिपल भुपाल पौडेलले बताए ।

उनले भने,“बिद्यार्थीलाई हामी किताबी ज्ञान मात्रै होइन,व्यवहारिक र बाह्य ज्ञान पनि दिने गरेका छौ र आगामी दिनमा यस्ता गतिविधीलाई निरन्तरता गर्दै जाने छौ, बिद्यार्थीलाई अवलोकन सहित आन्तरिक पर्यटनलाई बढवा दिनको लागि पनि हामी प्रयासरत रहेका छौं।

”एभरेष्ट स्कुलले पढाई अलवा विद्यार्थीलाई अतिरिक्त क्रियाक्लापमा पनि बढी प्राथमिकता दिदैं आएको छ भने उत्कृष्ट नतिजा ल्याएर बिद्यार्थीहरु परीक्षामा उतीर्ण हुने गरेका छन् ।

हाइकिङ के हो ?

हाइकिङको अर्थ हो–हिँड्नु। ‘हाइ’ भनेको उचाइ र ‘किङ’ भनेको राजा। उचाइको राजा अर्थात् उचाइमा हिँडेर स्वास्थ्य लाभ गर्नुलाई हाइकिङ भनेर बुझ्न सकिन्छ।

स्वस्थ रहन हामीले दिनमा कम्तीमा ४५ मिनेट हिँड्नु पर्छ भने महिनामा एक पटक हाइकिङ गर्नुपर्छ।

स्वच्छ वातावरण भएका गाउँघरतिर हिँड्डुल गर्नुलाई अंग्रेजीमा हाइकिङ र नेपालीमा पदयात्रा भनिन्छ। बिहान १ घण्टा हिँड्नुलाई भने ‘मर्निङ वाक’ भनिन्छ।

बालबालिकालाई हाइकिङ लाभदायक हुन्छ। बालबालिका सिक्नमा जागरूक हुन्छन्। नयाँ ठाउँ र नयाँ परिवेशमा पुग्दा धेरै कुरा सिक्छन्।

रमाउँछन्। हाइकिङबाट स्वास्थ्य त राम्रो हुन्छ नै धेरै किसिमको ज्ञान पनि पाइन्छ।स्वच्छ हावापानी भएको ठाउँमा पुग्दा बालबालिका सिर्जनशील बन्छन्। त्यसैले अभिभावक र शिक्षकले आफ्ना बालबालिकाहरूलाई हिँड्न प्रेरित गर्नुपर्छ। विद्यालयले पनि विद्यार्थीलाई महिनाको एक पटक हाइकिङ गराई गाउँलेपन बुझाउनुपर्छ। त्यसैले हिँड्ने बानी बसालौं । स्वस्थ बनौं।

हाइकिङ कति समय गर्ने ?

कति हिँड्ने– ८ वर्षदेखिका बालबालिकालाई हाइकिङ गराउन सकिन्छ तर बालबालिका धेरै समय हिँड्न सक्दैनन्। ८ देखि १२ किमि अर्थात् तीनदेखि चार घन्टासम्म हिँडाउन सकिन्छ। लगातार हिँडाइ राख्नु हुँदैन। ठाउँठाउँमा आराम गराउँदै, गएको ठाउँको परिचय दिँदै र रमाइलो गराउँदै हिँडाउनु पर्छ।

कसरी हिँड्ने ?

सुरुमै छिटोछिटो हिँड्नु हुँदैन। त्यसरी हिँड्दा श्वास फुलेर गाह्रो हुन्छ। त्यसैले विस्तारै मध्यम गतिमा हिँडाउने। उकालोमा हतार नगर्ने।

उकालोमा हतारहतार हिँडेमा छातीमा अप्ठेरो भई श्वास फुल्छ। ठाउँठाउँमा आराम गर्दै पानी ब्रेक गर्दै हिँड्ने। त्यसै गरी ओरालो झर्दा शरीरको सबै भार घुँडामा पर्ने भएकाले घुँडालाई असर नपर्ने गरी झर्नुपर्छ। शरीरमा समस्या भएकाले ध्यान दिएर हिँड्ने। अनि गर्मी भयो भनेर चिसोमा एकैचोटि लुगा फुकाल्नु हुँदैन।

के खाने ?

स्वास्थ्यका लागि हिँड्ने भएकाले सकेसम्म ‘जंकफुड’ र भारी खाना नखाने, नखुवाउने।

यस्तो खानाले शरीर भारी भई हिँड्न गारो हुन्छ। स्वास्थवद्र्धक खाना जस्तै मकै, चिउरा, फलफूल खाने। अमिलो, चिल्लो, पिरो भएका चिप्स, पाउँ खाँदा एसिडिटि बढेर टाउको दुख्ने र वाकवाकी लाग्ने समस्या हुन्छ।

पानी कसरी पिउन ?

– घाममा हिँड्दा मात्र होइन, अरू बेलामा पनि पानी नियमित पिउनु पर्छ। घाममा हिँड्दा त शरीरबाट पसिना धेरै बग्छ।

त्यसैले समयसमयमा पानी खुवाउनुपर्छ। पानी आधादेखि एक घन्टा फरकमा खुवाउने। एकै पटक धेरै पानी पिउनु हुँदैन।

एक पटकमा करिब २०० एमएल मात्र खुवाउने। पानी र ठोस आहार खाने समयको अन्तर कम्तीमा आधा घन्टा हुनुपर्छ।

यसो गर्दा डिहाइड्रेसन हुँदैन। टाउको दुख्दैन। ध्यान दिनु पर्ने कुरा, गर्मी भयो भनेर एकै पटक चिसो पानी धेरै पिउनु हुँदैन।
हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु

सकेसम्म प्रदूषणरहित गोरेटोमा हिँड्ने। नसके कम गाडी चल्ने ठाउँमा हिँड्ने। हिँड्दा सजिलो लुगा र जुत्ता लगाउने।

पछाडि भिर्ने ब्यागमा दुई लिटर पानी बोक्ने। ट्रेकिङ लौरो, क्यामेरा, नोट बुक, कम्पास र कलम बोक्ने। मौसमअनुसार छाता, बर्सादी, घाम छेक्ने क्याप र सनग्लास बोक्ने। साथै प्राथमिक उपचार सामाग्री सिटामोल, घाउमा राख्ने टेप, ब्यान्डेज, सियो, धागो आदि बोक्ने।

जथाभावी खाएर जथाभावी नहिँड्ने, त्यसले स्वास्थ्यलाई लाभ गर्दैन।

समूहमा हाइकिङ गर्ने। जंगलमा एक्लै हिँड्नु हुँदैन। शिक्षक या अभिभावक जसलाई त्यो रुटबारे ज्ञान छ उहाँहरूसँगै हिँड्ने।

हिँड्दा अरूलाई बाधा पर्ने गरी नकराउने। प्लास्टिक वा कागज आदि फोहोर जथाभावी नफाल्ने। झारपातमा विषालु किरा हुन सक्छन, त्यता हात नलगाउने। अर्को कुरा गाउँमा सकेको सहयोग गर्दै हिँड्ने। समय ख्याल गरेर हिँड्ने।

हाइकिङका फाइदा

१० शहरको धुवाँ, धुलो र कोलाहलबाट बाहिर निस्केर गाउँ डुल्न पाइन्छ। मन र शरीर चङ्गा हुन्छ। स्वच्छ हावामा सास फेर्न पाइन्छ। हिँड्दा खुट्टाका जोर्नीको कसरत भई शरीर बलियो बन्छ। खुम्चिएका नसा तन्किन्छन्।

शरीरबाट पसिना निस्कन्छ। पसिनाबाट शरीर भित्रका फोहोर तत्व बाहिर निस्कन्छ अनि शरीरमा ताजापन आउँछ।

२० स्वच्छ वातावरण भएका जंगलमा हिँड्दा शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँछ। श्वासप्रश्वास राम्रो भई शरीर हल्का हुन्छ।

स्वास्थ्य राम्रो हुन्छ। स्वच्छ हावा र सफा ठाउँमा हिँड्दा मन पनि सफा हुन्छ। स्मरण शक्ति बढ्छ। शरीरमा स्फूर्ति बढ्छ। बौद्धिक विकास हुन्छ।

यसरी हिँड्दा आन्तरिक पर्यटन विकास हुन्छ। आपसमा सद्भाव बढ्छ।

evrest eeee ea e

 

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved