नयाँ आइपिओ आउँदैः पिपुल्स इनर्जीले आइपिओ जारी गर्ने

  • साउन २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको हो।

पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आइपिओ जारी गर्न सबै प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिइएको जानकारी दिइएको छ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ।

पिपुल्सलाई आइपिओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो। धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपिओ निष्कासन प्रक्रिया अघि बढाउनेछ।

कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८/८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

२०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved