कारागारभित्रबाट भागेका कैदी पुर्वी सीमा नाकाबाट पक्राउ

  • साउन २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरबाट एक साताअघि भागेका कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामाबाट अहमदलाई पक्राउ गरिएको जानकारी दिए । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए ।

उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।उपचाररत अस्पतालबाटै भागेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।अहमदले करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।

उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो ।

त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतबाट भएको थियो । अदालतको फैसला अनुसार अहमदले २०९१ साल फागुन ३ गतेसम्म कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने छ ।

पक्राउ परेका कैदीका बारेमा थप अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । बिहीबार (आज)दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved