धरान । भखरै प्रकाशित कक्षा १२ को वार्षिक परिक्षाको नतिजा अनुसार युएन नवोदय कलेज धरानका विद्यार्थी धरान प्रथम भएको दाबी गरिएको छ । व्यवस्थापन संकायबाट कक्षा–१२ को परिक्षा दिएकी मेरीना श्रेष्ठले ३ दशमल ८१ जिपिए नतिजा सहित धरान प्रथम भएको भन्दै कलेजले दावी गरेको हो ।
हालसम्म कसैले पनि यतिको संख्यामा नतिता सार्वजनिक नगरेकोले आफ्नो विद्यार्थी धरानकै उत्कृष्ट भएको क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले वताए । उनले भने,‘अहिलेसम्म हाम्रो विद्यार्थीको भन्दा कसैको पनि वढी अंकको नतिजा प्रकाशन भएको नदेखिएकोले हाम्रो कलेजको विद्यार्थी श्रेष्ठ नै उत्कृष्ट हो भन्ने हाम्रो दावी हो ।’
मेरीना पढाई मात्र नभएर जेहेन्दार र अनुशासित विद्यार्थी समेत भएको क्याम्पस प्रमुख तुम्वापाको भनाई रहेको छ । होटल म्यानेजमेन्ट विषयमा नेपाल मै उत्कष्ट नतिजा ल्याएर व्राण्ड वन्न सफल युएन कलेज व्यवस्थापन संकायमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल वनेकोमा आफूलाई खुशी लागेको क्याम्पस प्रमुख तुम्वापोले वताए ।
उत्कृष्ट नतिजाका लागि आफूहरु सधै लागि परिरहेको र आगामी दिनमा पनि उत्कृष्ट नतिजाको लागि विद्यार्थीहरुलाई कडा परिश्रम र मेहनत गराउने उहाले बताए । उनले कतिपय कलेजले एउटा विषयमा उत्कष्ट अंक ल्याउने विद्यार्थी नै धरान प्रथम भएको भन्दै प्रचार गरेको सुन्दा आफूलाई आश्चार्य लागेको समेत वताए ।
उत्कृष्ट हुने विद्यार्थीले संकायमा नै उत्कष्ट अंक ल्याउनु पर्नेमा कतिपयले एउटा कुनै एैच्छिक विषयमा आएको अंकलाई नै उत्कष्टको विज्ञपान गरेर अभिभावक र विद्यार्थीहरुलाई भ्रम छरेको वताए । वास्तविक परिणामा विश्वास गर्न विद्यार्थी र अभिभावकहरुलाई उनको सुझाव समेत रहेको छ ।