वराहक्षेत्र/ विश्वकै चारधाममध्ये नेपालकोसुनसरी स्थित बराहक्षेत्रमा रहेको तीर्थ स्थल बराहक्षेत्र मन्दिरमा बराह भगवानकाे जन्मोत्सव पुजा आराधना गरि मनाइएको छ।
बुधबार श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि प्रेमको प्रतीक समेत मानिने वराह भगवानको जन्मो त्सववराह भगवान् विराजमान नुभएको स्थान सुनसरीको वराहक्षेत्र धाममा विशे यदि पूजा अर्चना गरी मनाइएको हो
श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिनलाई भगवान वराहको जन्मोत्सवको रुपमा मनाउने परम्परा रहेको छ।
वराह जयन्तीको अबशरमा मङलवार सांझ वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित मन्दिर परिसरमा महाआरती गरिएको थियो ।
भने आज जयन्तीको दिन मङल यात्रा उत्सव, प्रातः कालिन भगवानको स्नान यात्रा , दुवविधकछ यदि पुजा अर्चना गरिने ५। मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चना गरेर विशे यदि पूजा गरेर भगवान् बराहको जन्म उत्सव मनाइने गरि एको छ। प्र चलनसमेत रहेको ५।
प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको बराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् सतय युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जंङ्गलि जनावरको रूप बँदेलको भे षमा रक्षा गरी संसारभरका प्राणीहरूको रक्षा गरीसंसारलाई स्थायित्व दिएको शास्त्रमा उल्लेख रहेको छ साेही किंवदन्तीलाई आधार मानेर भगवान् वराह तथा वराहक्षेत्र धामलाईसंसारको पहिलो धामको रूपमा व्याख्या गर्ने गरिएको
भगवान्विष्णु १० अवतार मध्ये पहिलो अवतार मत्स्य अर्थात् माछा दोस्रो अवतार कूर्मअर्था कछुवा, तेस्रो अवतार भगवान् बराह हुन् तयस्तै चौथो अवतार नृसिंह, पाँचौँ अवतार बामन, छैटौँ अवतार परशुराम, साताै अवतार भगवान् राम, आठौँ अवतार कृष्ण, नवौँ अवतार भगवान् बुद्ध र दशौँ अवतार कल्की रहेको वराहक्षेत्र मन्दिरका मुख्य पुजारी किरण भण्डारीले जानकारी दिए।
नेपालका ऐतिहासिक महत्त्व बोकेको क्षेत्र मध्ये वराहक्षेत्र धाम पनि एक हो। जहाँ १५ सय वर्ष अगाडिमा दैविक मूर्तिहरू रहेका छन्।
सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकामा रहेको सो यदिे त्र नेपाल र नेपालीहरूको सम्पत्तिको रूपमा रहेको बराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ बताउछन्।
नेपालका सुन्दर धार्मिक र पर्यटक स्थल मध्ये वराहक्षेत्र पनि एक उत्कृष्ट क्षेत्रको रूपमा पर्छ वराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्त्वपूर्ण र प्रख्यात तीर्थस्थल हो।
ब्रह्मपुराण वराह पुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको कोे स्थान नेपालकोसबैभन्दा पुरानो चारधाम मध्यके दवो स्थल रुपमा भगवान वराहको वासस्थल वराहक्षेत्र मन्दिर रहेको बराहक्षेत्र मन्दिर गुठि व्यवस्थापन समितिका सचिब संन्तो यदि भण्डारीकाे भनाई छ।
वराहक्षेत्र मन्दिद गुठि व्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेका अनुसार वराहक्षेत्र मन्दिर यदिेत्रमा वराहको मूर्ति सहित पाम ञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् ।
त्यहाँ आजभन्दा करिब १५ सय वर्ष अगाडि देखिका मूर्तिहरू रहेका छन्।
धार्मिक पर्यटनका दृष्टिले यसको ख्याति टाढाटाढा सम्म फैलिएको ५। पूर्वीनेपालमा वराहक्षेत्रलाईकेन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्नसकिन्छ । वराहक्षेत्रलाईछेउकोकोसी नदी जलक्रीडा र नौकाशयर गर्नचाहने मानिसहरूका लागि निकै महत्त्वपूर्ण छ ।
मन्दिर यदिेत्रको बिकाश र प्रबद्बनकालागि नगरपालिले गुरु योजनानै बनाएर लागि परेको नगर प्रमुख रमेश कार्कीको भनाईछ।
नगरपालिकाले वराहक्षेत्र मन्दिरको बिकास र पर्यटकहरुलाई आक्रषित गर्न सरसफाई , पर्यटन मैत्री क्रियाकलाप , संरचनाको निर्माण , सौन्दर्यकरणको काम गरि रहेको नगर प्रमुख कार्की बताउछन्।
मन्दिर यदिेत्र सरसफाई, बस पार्क स्तरिय लगाएका कामहरु पालिका र प्रदेश तथा संघिय सरकारसंग सहयोग लिएर काम गरिरहेको नगर प्रमुख कार्कीबताउछन्।