इटहरीमा चारवटा बिद्युतीय नगरबस, असोज १ गतदेखि सञ्चालन गर्ने तयारी

  • साउन २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरीमा अव नगरवस सञ्चालनमा आउने भएको छ ।

यो असोज महिनाको १ गतेदेखि उक्त नगरवस सञ्चालन गर्ने तयारी स्वरुप चार वटा वस खरिद गरेको छ । वस विद्युतीय बस हो ।

उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता गरे अनुरुप चार वटा बस इटहरी। आईपुगेको छ ।

अपाङ्ग मैत्री रहेको उक्त बस गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको बताए ।

उनका अनुसार उक्त विद्युतीय बस यही असोज १ गतेबाट सञ्चालन हुने भएको छ ।

उनले भने,‘इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ, नगर बस ग्राभेल र पिच बाटोहरूमा बस सञ्चालन हुने छ ।’

नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । समितिले रुट निर्धारण गर्ने छ ।

बसमा सिसी क्यामेरा सहित यात्रुलाई यात्रा गर्न सविधाजनक हुने बताइएको छ । 

 

 

 

 

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved