धरानको पिण्डेश्वर मन्दिरमा बोलबमको रौनक

  • साउन २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको बिजयपुरस्थित पिण्डेस्वर मन्दिरमा बोलबमको रौनक छाएको छ ! रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर मन्दिरमा छिमेकी मुलुक भारतसंगै नेपालको बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु सहभागि भएसंगै बोलबमको रौनक छाएको हो ! बिजयपुर बोलबममय भएको छ ।

विभिन्न महमारीको कारण अघिल्ला वर्षमा श्रद्धालुहरुको उपस्थितीमा कमी आए पनि यो बर्ष भक्तजनहरुको चाप बोलबममा बढेकोले व्यवस्थापनमा पनि ध्यान दिइएको छ ।

सुरक्षासगै लाइन व्यवस्थापनको लागी नेपाल प्रहरीको नेतृत्वमा शसस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका स्वयमसेवकहरु समेत खटाईको छ । श्रद्धालुहरुको निःशुल्क स्वास्थ्य शिविर, माडावारी सेवा समिति , मधेसी सेवा समिति निःशुल्क खाना खाजा तथा पानिको व्यवस्थापन गरेका छन् ।

खाली खुट्टा हिडेर आउँदा धेरै विरामीहरु एचारमा आउने लाइन्स क्लब अफ दन्तकालीबाट खटिएका स्वास्थ्य स्वयम्कर्मी एकता श्रेष्ठले बताइन् ।

भगवान शिवको प्रिय महिना साउन तेस्रो सोमबार धरानको बिजयपुरस्थित पिण्डेस्वर मन्दिरमा बोलबम धार्मिक मेलामा भक्तजनहरुको घुइँचो लागेको छ ! पिण्डेश्वर वावा धाममा साउन महिनाका हरेक सोमबार श्रद्धालुहरुको भिड लाग्ने गरेको छ ।

आजमात्र ६० हजार भन्दा बढी भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए ।

साउन महिनाभरी वोलबम धार्मिक मेलामा चतरास्थित सप्तकोशी नदिको जल गेरु वस्त्र लगाएर पिण्डेश्रमा ल्याएर चढाउने परंम्परा छ । सप्तकोशी नदिको जल चढाउन आएका भक्तजनहरु जल चढाउँदा मनोकांक्षा पूरा हुने विश्वासमा देखिन्थे

धरानको पिण्डेश्वरमा २०३९ सालदेखि कोशीको पानी ल्याएर जल चढाउने परम्परा धरानकै समाजसेवीहरुले गरेका थिए ।

धार्मिक आस्थासगै कोशी प्रदेशकै धार्मिक पर्यटकी स्थल पनि हो रुद्राक्षरण्य क्षेत्र तर देश विदेशमा श्रद्धालुहरुको आकर्षण वढ्दै गएको भए पनि यो क्षेत्र राज्य पक्षवाट उपेक्षित हुदै आएको छ ।

 

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved