कैदी मृत्यु प्रकरण ५८ जनालाई बयान

  • साउन १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सङ्खुवासभा/ सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ ।

जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान) लिएकोे जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए। गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटमा मृत्यु भएको थियो ।

कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थियो ।

दुई जना कैदीको कुटपिटपछि हत्या घटनामा संलग्न भएको आरोपमा गत २०८० भदौ २७ गते सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो ।

जिल्ला कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले रातह तथा क्षतिपूर्ति पाएका छैनन् ।

रातह तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग पटकपटक माग गरे पनि राहत तथा क्षतिपूर्ति नपाएको सङ्खुवासभाको मादीका पीडित विनोद तोलाङ्गीले बताए ।

गत २०८० साउन २४ गते घटना भएको एक वर्ष पुग्दा पीडित परिवारले कुनै राहत क्षतिपूर्ति पाउन नसकेका हुन् ।

पीडित परिवारले रोजगारी ग्यारेन्टी र पठनपाठन निःशुल्कसहितको माग गरेका थिए ।

घटनालगत्तै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा बसेको पीडित पक्ष र सरोकारवाला निकायबीचको छलफलले पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति माग गर्ने निर्णय गरेको थियो ।

गत मङ्सिर २४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कुटपिटबाट मारिएका दुई कैदीका परिवारलाई क्षतिपूतिका लागि गृह मन्त्रालयमा सिफारिस समेत गरेको थियो ।

घटना भएको एक वर्ष पुग्दा पीडित परिवारले राहत क्षतिपूर्ति नपाएको भन्दै गत मङ्सिरमा राष्ट्रिय मानव अधिकार कोशी प्रदेशले चासो देखाएको थियो ।

पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि माग गरे पनि गृह मन्त्रालयबाट हालसम्म कुनै पनि निर्णय नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कुटपिटबाट मारिएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै गत भदौ २० गते गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।

सो घटनाका आरोपमा ०८० भदौ २७ गते जिल्ला अदालतले सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको थियो ।

सो मुद्दा साउन १४ गतेसम्म फैसला भएको छैन । मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved