वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ६ मा वडाध्यक्ष उद्बवप्रसाद पोखरेल दोस्रो पटक निर्वाचित भए ।
उनी पहिलो स्थानीय तहको निर्वाचन २०७४ र २०७९ मा सम्पन्न दोश्रो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसको वडा तहको नेताको रुपमा मात्र परिचय बनाएका उनले निर्वाचनमा प्रतिस्पर्धी पार्टीका स्थानिय ठुला र शक्तिशाली उमेद्बारहरुलाई पराजित गरे ।
खासै राजनिति र कुटनिति नजाने उनी नेपाली कांग्रेसमा सानै उमेरदेखि सक्रिय भएर लागेको बताउँछन्। पार्टीको ठुलो पदमा बसेर काम नगरे पनि नेपाली कांग्रेसको संगठनलाई बढाउन आफु सक्रिय भएरनै लागि परेको उनको दाबि छ ।
वहुदल पछि भएको निर्वाचनमा नेपाली कांग्रेसका उमेद्बारलाई जिताउन लागि परेको उनी संझन्छन् । निर्वाचनको समयमा भोट माग्ने , सभा सम्मेलनमा सहभागी हुने , पोष्टर टास्ने काममा आफु सक्रिय भएर लाग्ने गरेको उनी बताउछन् ।
हाल ६२ बर्ष पुगेका पोखरेलले हालसम्म बिभिन्न निकाय , संस्था र तह गरेर ९ वटा चुनावमा भाग लिएको बताउछन् । स्कुल पढ्दा कक्षाको मनिटरदेखि वडाध्यक्षको पदसम्म निर्वाचनमा प्रतिष्पदामा उनि पराजति भएको अनुभव छैन् ।
तत्कालिन महेन्द्रनगर गाबिस वडा नं ४ देविघाटमा रहेको बसन्तऋतृ माध्यमिक बिद्यालयमा कक्षा ३ , कक्षा ४ र कक्षा ५ मा अध्ययन गर्दानै उनी निर्वाचनमा सहभागी भएको अनुभव सुनाउछन् । तीन वटै कक्षामा भएको निर्वाचनमा उनि बिजयी बनेका थिए ।
विस २०१७ पुस १४ गते तत्कालिन महेन्द्रनगर गाबिस वडा नं ६ मा जन्मिएका पोखरेल नेपाली कांग्रेसको ११ औं र १२ औं अधिबेशनवाट तत्कालिन महेन्द्रनगर वडा नं ६ को सभापतिमा निर्वाचित भएका थिए ।
त्यस पछि हाल वराहक्षेत्र नगरपालिका वडा नं ६ को आइतवारे चौकमा रहेको भानु आधारभुत बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा बिजयी भएका थिए ।
दोस्रो पटक पनि निर्वाचनको माध्यमबाटै उनी भानु आधारभुत बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका थिए । पहिलो पटक व्यवस्थापन समितिको अध्यक्ष पदमा गजेन्द्रबहादुर थापालाई पराजित गरेका थिए ।
उनै थापालाइ २०७४ सालमा सम्पन् भएको स्थानिय तहको निर्वाचनमा पराजित गर्दै पोखरेल पहिलो पटक वडाध्यक्षमा निर्वाचित भए ।
नेकपा एमालेको तत्कालिन सुनसरी निर्वाचन क्षेत्र ६ को सचिब , महेन्द्रनगर गाउ कमिटिको अध्यक्ष भईसकेका थापालाई पोखरेलले २५ मतको अन्तरले पराजित गरे ।
विद्यालयको व्यवस्थापन समिति र वडा अध्यक्षमा दुई पटक पराजित गरे पनि थापासंगै व्यक्तिगत सम्बन्ध सुमधुर रहेको उनि बताउछन् ।
राजनैतिक सम्बन्ध र राजनैतिक जिमेवारीको रुपमा ठुलो भुमिका निर्वाह गरि रहेका थापासंग सल्लाह, छलफल गरेर नै काम गरि रहेको उनी बताउन् । पौष १७ गते ठ्याकै राजा बिरेन्द्रकै जन्म महिना र गते मिलेका पोखरेल आफुलाइ राजग्रह परेको भनेर ठ्टा गर्ने गर्छन् ।
बिपक्ष पाटीका शक्तिशाली र सम्पन् उमेद्बारहरुलाई आफुले पराजित गरेको देख्दा कहिले काहीँ आफै अच्मीत पर्ने गरेको बताउछन् ।
आफ्नो जितलाइ सधै जनताको माया र नेपाली कांग्रेस प्रतिको बिश्वार रहेको उनको बुझाई छ। २०७४ सालमा वडा अध्यक्षमा निर्वाचित भएका उनै पोखरेललाई २०७९ सालको स्थानिय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसले उमेद्बार बनायो ।
वडावासिको घर–घरमै पुगेर सहयोग गर्ने , पक्षपात नगर्ने बडाध्यक्षको परिचय बनाएका पोखरेल आफ्नो निकटतम प्रतिस्पधी नेकपा एमालेका टेकेन्द्र कार्कीलाई १ सय भन्दा बढिको मतन्तले पछि पारेका थिए ।
आफु भन्दा राजनिति रुपमा पहुज र आर्थिक रुपमा पनि सम्पन उमेद्बारलाइ पछि पारेर बिजयी हुदा आफुलाई वडावासिले न्याय गरेको अनुभुति भएको उनि बताउछन् ।
वडाको विकासको लागि के के काम गरे त ?
नगरपालिकाको सवै भन्द्रा ठुलो बजार , पालिकाको प्रशासनिक केन्द्र चक्रघट्टी रहेको वडा भित्रैनै पालिकाकै दुर्गम श्रीलंका टप्पु रहेको उनि बताछन् ।
प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्रबहादुर कार्कीको सहयोगबाट टप्पुमा बिजुली उपलब्ध गराउन सफल , खानेपानीको व्यवस्थापन गराउन सफल र हालै नगर प्रमुख रमेश कार्कीको सहयोगबाट स्थानिय जनता बिद्यालयलाई माबि बनाउन सफल भएकोमा आफुलाई गर्भ महशुष भएको उनी बताउछन् ।
चक्रघट्टी बजारको सौन्दर्यता, ग्रामिण सडक कालोपत्रे, ठाकुरबारी जानेबाटो कालोपत्रे, पुल निर्माण , पक्कि नाला लगाएको कामहरु वडामा भएको उनी बताउँछन् ।
टप्पुवासिको आधारभुत समस्याको हल गर्ने , वडावासिको प्रशासनिक कामको निकास गर्ने ,प्रथामिकताका आधारमा बिकास गर्ने काममा उनि हाल सक्रिय रहेको बताउछन् ।
हाल भने शरिर दुख्ने रोगले सताउन थालेको बताउने उनलाइ कुनै दिर्घ रोग नभएको बताउछन् ।
७ वर्षदेखि वडा अध्यक्षको रुपमा वडावासिको सेवा गर्दै आएका पोखरेल अब मेरो पालो त मेयर उढ्ने भएको बताउछन् ।
तर स्वास्थ्य साथ र पार्टीले विस्वास गरे पुन : एक पटक वडा अध्यक्षमा रुपमा काम गर्ने इच्छा रहेको उनको भनाई छ ।