फेरी डेँगुको सङ्क्रमण बढ्यो,सर्तकता अपनाउन आग्रह

  • साउन १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरंग/ अत्यधिक गर्मी बढेसँगै फेरी डेङ्गुको संक्रमण बढ्न थालेको छ । मोरङमा डेंगुको सङ्क्रमण बढ्दै गएर १५४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ।

१७ वटा स्थानीय तहहरू मध्ये सबै भन्दा धेरै लेटाङमा सङ्क्रमण दर बढी रहेको तथ्याङ्कले देखाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार बुधवार दिउँसोसम्म १५४ जनामा सङ्क्रमण देखिएको हो ।

सबैभन्दा धेरै लेटाङ नगरपालिकामा १४९ जनामा सङ्क्रमण देखिएको भने पथरी शनिश्चरे नगरपालिकामा ५ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय सङ्क्रमण बढ्दै गएकोले सतर्कता कोलागि अभियानहरू पनि सञ्चालन हुँदै आएको छ।

सङ्क्रमण देखिएका पालिकाहरूमा डेंँगु खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको भए पनि यसलाई प्रभावकारी बनाउने प्रयास भइरहेको मेहताले बताए । सङ्क्रमण बढ्नुको कारणमा वर्षाको कारण खोज नष्ट गर कार्यक्रम प्रभावकारी नभएको, सरसफाइमा ध्यान नदिएको, गर्मी बढेको तथा पानी पर्नुलाई विज्ञहरूले सङ्क्रमण बढेको मान्छन् ।

तत्काल सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई समेत प्रभावकारी बनाउने काम पालिका र प्रदेश सरकारबाट संयुक्त रूपमा भइरहेको उनले बताए ।

डेँगुको शीघ्र परीक्षण कोलागि किटको व्यवस्था, स्थानीय तहबाट नै उपचार गराउन औजार उपकरण सहयोग, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, तथ्याङ्क विश्लेषण गरी रोग नियन्त्रणमा आगामी योजना जिल्ला जनस्वास्थ्य कार्यालयले बनाई रहेको डा मेहताको भनाई छ।

डेँगुको सङ्क्रमण बढ्न सक्ने भएकोले मोरङ जिल्लाका सबै पालिकामा डुैँगु नियन्त्रणका कार्यक्रमहरू सञ्चालन भई रहेका छन् । संघ संस्थाको सहयोगमा जनचेतना, अभिमुखीकरण, सामाजिक परिचालन पनि हुँदै आएका छन् ।

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved