युएन कलेजमा एस इ इ स्कुल टपर,सेलिब्रेटी र प्रतिभावान बिद्यार्थीको ओइरो

  • साउन १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ काठमाण्डौं पछि पुर्बमा पहिलो पटक होटल म्यानेजमेण्टको विषयलाई अध्ययन गराउन शुरु गरेर प्रदेशभरीमा नै ब्राण्ड बन्न सफल युएन नवोदय कलेज धरान १६ ले साइन्स बिषयलाई पनि ब्राण्ड बनाउने भएको छ ।  

प्रदेशमा नै होटल म्यानेजमेण्टमा छुट्टै पहिचान बनाएको कलेजले विद्यार्थीको चाहना र रुचीको आवस्यकतालाई पुरा गर्नको लागि साइन्स बिषयलाई पनि अर्को ब्राण्डको रुपमा स्थापित गर्न लागिरहेको छ ।

c0988ff8-44f6-4c18-86dc-539280ccf03f

होटल म्योजमेण्ट पछि विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण साइन्स विषयमा पनि बढ्न थालेपछि अब कलेजले साइन्स विषयलाई पनि ब्राण्ड बनाउने भएको हो ।

कलेजले साइन्स विषय सुरु गरेकै बर्ष विद्यार्थीले ९९ सय प्रतिशत नतिजा ल्याएका थिए ।

पहिलो बर्षमा नै ९९ प्रतिशत नतिजा ल्याउन सफल युएन नवोदय कलेजले तेश्रो ब्याज सम्म आइपुग्दा १०० प्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ क्वान्टीटी भन्दा पनि क्वालिटीमा जोड दिने युएन नवोदय कलेजका साइन्स कोर्डिनेटर सुजन शंकरले बताए ।

660a6844-0a6b-4c74-abdc-fc55e7f781cf

होटल म्यानेजमेण्टपछि साइन्स विषयमा पनि विद्यार्थी उत्कृष्ट नतिजा ल्याउन सफल हुनु साइन्स विषयमा विद्यार्थीको आकर्षण बढ्दै युएन नवोदय कलजेका अध्यक्ष ज्ञानेश्वर झा बताउँछन् ।

उनले भने,“युएन नवोदय कलेजले साइन्स विषयमा पनि क्वान्टीटी स्टडी भन्दा क्वालिटी स्टडीमा जोड दिएको छ ,

होटल म्यानेजमेण्टमा ब्राण्ड बनेको युएन नवोदय कलेज साइन्समा पनि चाँडै ब्राण्ड बन्ने लक्ष्यका साथ अघि बढ्दैछ,अभिभावक र विद्यार्थीको रुची र आकर्षणका कारण हामी अब साइन्स विषयलाई थप अर्को बाण्ड बनाउँदैछौ।”

सेलिब्रटिको बिद्यार्थीको रोजाई साइन्स 

यो बर्षको नयाँ शैक्षिक सत्र शुरु भएसँगै युएन नवोदय कलेजमा प्रदेशभरीकै सेलिब्रेटी र प्रतिभावान बिद्यार्थीहरुको रोजाईमा परेको छ ।

एसइईमा स्कुल टपर,प्रदेश स्तरीय विभिन्न कार्यक्रमका विजेता ,प्रतिभावान विद्यार्थी र ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीको रोजाईमा पहिलो कलेज युएन नवोदय कलेज बनेको छ ।

ती सबै विद्यार्थीलाई पुर्ण छात्रबृति प्रदान गरेर कलेजले उनीहरुको क्षमता र रुचीलाई पुरा गरि दिएको InShot_20240731_184655084 छ।

कलेजमा अध्ययन गनै आएका ती विद्यार्थीहरुले साइन्स विषयलाई नै रोजेका छन् ।

कक्षा ११ मा भर्ना भएर साइन्स विषयलाई पहिलो प्राथमिकता दिएका छन् ।

प्रायःजसो एसइईमा स्कुल टपरहरु सहित सेलिब्रेटी विद्यार्थी युएन नवोदय कलेजमा साइन्स विषय लिएर अध्ययन गर्न थालेका छन् ।

यो बर्षको प्रदेशस्तरीय सिंगिङ आइडलको विजेता कुसुम माझी,डान्सिङ आइडलका विजेता डिना चोम्बाङ ,

एस इ इ स्पिकर २०८० का फस्ट रनर अप दिया राई, नवोदय स्कुल टपर रविन्द्र कुमार श्रेष्ठ,युनाईटेड नेशनल स्कुल टपर रितेश लिम्वू,सत्यशिशु स्कुलका टपर रेनिशा सुन्चेउरी ,लिगामेण्ट स्कुलका टपर निर्भिका भुजेल,

धनकुटा डन बस्को निलगिरि स्कुलकी एस इ इ टपर सोनिया सुबेदी, यु एन स्कुल धरानकी थर्ड टपर निशामहाङ्मा लिम्बु, श्री कन्यादेवी मा वि धनकुटाकी एस इ इ टपर रोमिया राई जस्ता धेरै ए प्लस साथै स्कुल टपर हरु साइन्समा भर्ना भएका छन।

विद्यार्थीहरुको रोजाईको विषय साइन्स नै रहेको छ । 

प्रदेश स्तरीय एसइई सिंगिङ आइटल २०८१ का विजेता कुसुम माझीले युएन नवोदय कलेजमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर,पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियरहरु द्धारा अध्ययन गराइने भएको र पहिलो बर्षमा नै साइन्स विषय लिएर अध्ययन गर्ने बिद्यार्थीहरुले ९९ प्रतिशत नतिजा ल्याउन सफल भएकाले र उतीर्ण भएका विद्यार्थीहरु अमेरिका लगायत अन्य देश विदेशमा नाम निकालेर अध्ययन गर्न छात्रबृति समेत प्राप्त गरेकाले आफुले पनि युएन नवोदय कलेजमा साइन्स विषय रोजेर अध्ययन गर्न थालेको बताइन् ।

 

उनी साइन्स विषय लिएर पढ्दा आफ्नो भविष्य सुनिश्चित हुनेमा ढुक्क समेत छिन् ।   

पहिलो बर्षमा साइन्स विषय अध्ययन गरेर कलेजका टपर बन्न सफल दिपेन भण्डारीले उच्च अध्ययनको लागि अमेरिकामा अध्ययन गर्न छात्रबृति प्राप्त गरेका छन् ।

उनी अमेरिकामा अध्ययनको लागि गएका छन् ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले देश विदेशमा पढ्नको लागि नाम निकाल्न सफल हँुदै गईरहेका छन् ।

थुप्रै विद्यार्थीहरु मेडिकल साइन्स,फार्मेसी,नर्सिङ,कम्युटर साइन्स लगायतमा उत्कृष्ट नतिजा ल्याएर देश विदेशमा अध्ययन गरिरहेको क्याम्पस प्रमुख डम्बर तुम्बापोले बताए ।  

छोटो अवधिमै कलेजले साइन्स होटल म्यानेजमेण्ट पछि साइन्स विषयलाई पनि अर्को ब्राण्ड बनाउने तर्फ कलेज अघि बढेको कलजेका प्रमुख तुम्बापोको भनाई छ ।

उनले भने,“तेश्रो बर्षमा आइपुग्दा प्रदेशभरीका एसइई टपर (ए प्लस ) प्राप्त गर्ने,एसइईमा प्रतिभावान विद्यार्थीहरुलाई कक्षा ११ मा साइन्स विषय लिएर विद्यार्थी भर्ना भएका छन्,यस्ले के देखाउँछ भने अब हामी साइन्स विषयलाई पनि अहिलेको आवस्यकता अनुसार होट म्यानेजमेण्ट पछिको अर्को ब्राण्ड थप्दैछौ।” 

 विपी प्रतिष्ठानका डाक्टर र इन्जिनियरद्धारा पढाई   

साइन्स विषय विद्यार्थीलाई अध्ययन गराउनको लागि कलेजले दक्ष शिक्षक शिक्षिकाहरुको व्यवस्था गरको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर श्रवण मण्डल क्याम्पसको साइन्स एडभाइजर छन् ।

पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका कम्प्युटर साइन्स टिचर लगायत त्यस्ता दक्ष शिक्षकहरुले समेत विद्यार्थीलाई अध्ययन गराउँछन्,जस्ले गर्दा बिद्यार्थीहरुले राम्रो नतिजा ल्याएर परीक्षामा उतीर्ण हुने गरेका छन् । 

 

 

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved