धरान/ सोमबार साँझ धरानमा अंजिगर भेटिएको छ ।
धरान उपमहानगरपालिका वडा नं १ स्थित पृथ्वी चोकमा अंजिगर भेटिएको हो ।
अंजिगरलाई हरियाली सामुदायिक बन परिसरमा उद्धार गरेर लगिएको छ ।
हरियाली वन समुहमा सोमबार लिगएको अंजिगरसँगै ३ वटा पुगेको छ । अंजिगरलाई वन समितीकै चिडिया खानामा संरक्षण गरि राखिएको छ ।
२ वटा भने सानो बच्चा रहेको छ । करिब ३ महिना अघि बयस्क अजिंगर भने काठ मक्किएको मौका छोपेर प्वाल बनाएर भागेको थियो । त्यसपछि हरियालीको चिडिया खाना वयस्क अजिंगर बिहिन भएको थियो ।
वन समुहकी अध्यक्ष झुमादेवी गुरुङले वडा १ बाट उद्दार गरेर ल्याएको अजिंगरलाई अहिले संरक्षण गरेर राखिएको बताइन् ।
धरान १ को पृथ्बीचौकमा भेटिएको अंजिगरलाई जनप्रतिनिधिहरुले तीनकुनेस्थित वन कार्यालयलाई खबर गरेका थिए ।
तालिम प्राप्त उद्दारकर्ता नभएपनि अजिंगर हुर्काइरहेका वन समुहका पदाधिकारी र कर्मचारीहरुलाई आनीबानी सबै थाह भएकोले समात्न सफल भएको कर्मचारी महेन्द्र गौतमले बताए ।
उक्त अजिंगरको तौल १३ किलो भएको पनि उनले जानकारी दिए ।