म बाँच्न चाहन्छु, मलाई बचाउनु होस् " सन्तोष गुप्ता"

  • साउन १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सन्तोष गुप्ता 

बराहक्षेत्र/ ‘म बाच्न चाहन्छु,मलाई बचाउनु होस’। सन्चारकर्मीलाई देख्ना साथ हात जोड्दै उनले बिन्ती गरे ।

दुवै मृगौला बिग्रिएर जीवनको लागि संघर्ष गरिरहेका पुर्व शिक्षक हेमराज राईलाई भेट्न उनको घरमा पुग्दा,राई खाली शरिर भुईमा सुतिरहेका थिए ।

हेम सर नमस्ते, आवाज सुन्न साथ सकिन सकी उठेर अभिवादन फर्काउँदै करुण याचनायुक्त उनको पहिलो वाक्य नै मलाई बचाउनुहोस् रहेको थियो ।करिव दुई वर्ष अगाडि मृगौलामा समस्या भएको थाहा भयो, भएको पैसाले उपचार गराए, सबै सकियो ।

रोग बढेर अहिले दुवै किडनी फेर्नुपर्ने भएको छ,साथमा एक पैसा पनि छैन । घर कमाउने म मात्र छु, म नै थला परेको छु ।दुवै मृगौला फेर्न २० लाख रुपैयाँ लाग्छ, किडनी दिने डोनर छन तर प्रत्यारोपण गर्ने खर्च छैन ।

खर्च नभएर घरमा छट्पटी रहेको छु ।
केही दिन अघि मात्र आमालाई गुमाए,वुवालाई घाँंटिको क्यान्सर भएको छ, घाउले उहाँलाई पोलि रहन्छ, बस्न नसकेर दिनभरी भौतारी रहनुहुन्छ, यता म तडपिरहन्छु ।

म बाँचे केही गर्छु भनेथे, तर म मरे परिवार लाई के होला, कसैले मेरो सानो छोरा लाई पढाईदिए, म मरे पनि मेरो आत्माले शान्ती पाउँथ्यो,संगै सुतिरहेको साढे ३ वर्षको छोरा आयाम राईलाई देखाउँदै उनले भने ।

४५ वर्षका युवा राई स्थानीय वडा १ को सुर्यकुन्ड स्थित सामुदायिक विधालयमा साढे १७ वर्ष शिक्षण पेशा गरे ।अहिले उनी बराहक्षेत्र नगरपालिकाको वडा २ स्थित कान्छीचौक चतरा सडकखण्डको करम खोला नजिक सिंहदेवि टोल स्थित भाँडाको घरमा बस्छन् । स्थानीय नेपाली कांग्रेस वडा १ का सभापति र उपसभापति ईश्वर थापा र वृजनन्दन साह सामेल हामी संगको कुराकानीमा पटक पटक राईले जीवन बचाईदिन गुहार गरेका थिए ।

शिक्षक राईको जिवन हामी सबै मिलेर बचाउ, उहाँ लाई अहिले आर्थिक सहयोगको ठूलो आवश्यकता छ, सबैले चन्दा दिऔं, सभापति थापाले आग्रह गरे । हामी जसरी भए उहाँ लाई बचाउने प्रयास मा छौं, धेरै हैन, थोरै भए पनि चन्दा दिनुहोस, उहाँको जीवन बचाईदिनुहोस, अर्का उपसभापति साहले अनुरोध गरे ।

कुराकानीमा सामान्य जस्तो लागेता पनि रोगले उनलाई पुरै गांजेको छ । तरपनी जिउने प्रवल इच्छाशक्तिले अहिले सम्म उनलाई स्थिर बनाएको छ ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved