युएनका बिएचएम धरान टपर विद्यार्थीलाई नगद सहित सम्मान(को –को भए सम्मान हेर्नुहोस्)

  • साउन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/युएन नवोदय कलेज धरानले बिएचएम चौथो सेमेष्टरको परीक्षामा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

त्रिभुवन विश्वबिद्यालयले लिएको परीक्षाका विद्यार्थीलाई कलेजले सम्मान गरेको जनाइएको छ ।

1722170868226

आइतबार एक कार्यक्रमको आयोजना गरी धरान टपर,सेकेण्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको हो ।

सम्मानपछि क्याम्पस प्रमुख तुम्बापोले बधाई दिदै यस अघि युएन कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेस टपर र नेपाल सेकेन्ड टपर सम्म भएको हुदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरि मेहनत गर्न बिद्यार्थीहरुलाई आग्रह गरे।

1722170882135

नेपाल टपर हुने विद्यार्थीलाई ५० हजार नगद पुरस्कार दिन आतुर रहेको पनि कलेज प्रमुख तुम्बापोले बताए ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कार्यक्रम समापन गर्दै पुरस्कृत बिद्यार्थीहरुलाई बधाई ब्यक्त गरे।

1722170890080

कार्यक्रमको संचालन प्रध्यापक अनिमेष बास्तोलाले गरे। युएन नवोदय कलेज धरान १६ मा रहेको छ भने पुर्वमा होटल म्यानेजमेण्ट विषयमा बिद्यार्थीलाई अध्ययन गराउने पहिलो कलेज पनि हो ।

यसअघि यहाँका बिद्यार्थी काठमाण्डौ अथवा विदेश गएर यस विषयमा अध्ययन गर्ने गरेका थिए ।      

को को भए सम्मान ?

धरान टपर हुने क्रमश रोमन लिम्बु र सन्ध्या थेगिम लिम्बु रहेकी छिन्।

उनीहरुलाई कलेजका अध्यक्ष झा, क्याम्पस प्रमुख तुम्बापो र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले नगद जनही १०/१० हजार सहित सम्मान पत्र, अबिर र खदाले सम्मान गरेका थिए ।रोमन र सन्ध्याले बराबर जिपिए ३ दशमलब ८१ प्राप्त गरेका छन।

धरान सेकेण्ड टपर रोयल राई भए भने थर्ड टपर सागर तामाङ भए।

उनीहरुलाई कलेजका पब्लिक रिलेसन अफिसर राम बहादुर लिम्बू र प्रध्यापक सृजना लिम्बुले क्रमश ५ हजार र ३ हजार नगद सहित अबिर र खदा लगाएर सम्मान गरे।

रोयल र सागरले क्रमश ३ दशमलव ७९ र ३ दशमलव ७७ जिपिए प्राप्त गरेका छन।

 1722173458175 1722173463008 1722173468204 1722173471873

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved