चतरामा २१ औं संस्करणको माउण्ट एभरेष्ट च्यालेन्ज फुटबल हुने "संगम विष्ट"

  • साउन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा हाटखोलामा २१ औं संस्करणको माउण्ट एभरेष्ट च्यालेन्ज फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानीय हाटखोला फुटबल क्लबको आयोजना हुने प्रतियोगिता भाद्र १० देखि १७ गते सम्म आयोजना हुनेछ। प्रतियोगिता बारे आयोजक हाटखोला फुटबल क्लवले आइतवार प्रतियोगिता वारे पत्रकार सम्मेलन गर्दे जानकारी दिएको थियो ।

क्लवको बाहिस बिघे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुर जिल्लाका ८ क्लबहरू सहभागी हुनेछन् ।

क्लबका सचिब तथा कार्यक्रम संयोजक रोहित साहका अनुसार प्रतियोगितामा आयोजक हाटखोला फुटबल क्लब, राजावास फुटबल क्लब वराहक्षेत्र, चक्रघट्टि फुटबल क्लब वराहक्षेत्र,

खारखोला फुटबल क्लब वराहक्षेत्र, गाइघाट फुटबल क्लब उदयपुर , एपिएफ फुटबल क्लब पकली, तालतलैया बोइज क्लब इटहरी र केरावारी फुटबल क्लन केरावारी मोरङ्ग सहभागिता रहने छ ।

७ लाख ५० हजार कुल लागत अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार ५१ रुपैया र दोस्रो पुरस्कार ३१ हजार ३१ रुपैया रहने छ ।

दैनिक खेलमा म्यान अफ द म्याच र प्रतियोगिता भर विधागत उत्कृष्ट खेलाडीहरूले नगद सहित ट्रफि प्रप्त गर्ने क्लबका सल्लाकार तथा पुर्व राष्ट्रिय खेलाडि रोशन श्रेष्ठले जानकारी दिए ।

स्थानिय हाटखोला निवासि खेलप्रमीहरुले स्थापना गरेको माउण्ड एभरेष्ट च्यालेन्ज फुटबललाई निरन्तराका लागि प्रतियोगिता सुरु गरिएको आयोजक हाटखोला फुटबल क्लबका सचिव साहले बताए ।

खेलाडि उत्पादन गर्ने लक्ष्य सहित आयोजना हुने प्रतियोगिताको नारा वराहक्षेत्र नगरको चाहना , दुव्यशन मुक्त समाजको स्थापना दिईएको छ ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved