शिक्षाले धरान र केराबारीलाई जोडेको छ चाइल्ड सेन्टर्ड एजुकेशनलाई प्राथमिकता

  • साउन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

शिक्षण सिकाईलाई हामी गुणस्तरीय,प्रविधीमैत्री,ब्यवहारिक र विद्यार्थीको सृजनात्मक र प्रतिभाको कदर समेत गर्दै सोही अनुसार पठन पाठन गराउँदै आएकाले आज शिक्षा सन्देश बोर्डिङ स्कुल अभिभावक र विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।

शहरमा धाएर विद्यार्थीको पढ्ने चाहना र रुचीलाई यस स्कुलले पुरा गर्दै आएको छ । सुगम नगर धरान उपमहानगर भित्र रहेर पनि ग्रामीण भेगमा रहेका अभिभावक र विद्यार्थीले बर्षौदेखि अंग्रेजी माध्यम र गुणस्तरीय शिक्षा प्रदान गर्ने एकमात्र सेवाप्रदायक स्कुल पनि हो  ।

वि.सं २०४८ सालमा स्थापना भएर अंग्रेजी माध्यमबाट पढ्न सिकाउने शिक्षा सन्देशले हजारौ विद्यार्थीको भविष्य उज्वल बनाएर अघि बढिरहेको छ ।

शैक्षिक फेरीफेरीमा रहेर शिक्षा सन्देश सेकेण्डरी स्कुलका प्रिन्सिपल विद्याभुषण गुप्तासँग कोशी पत्रले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

bidhya 1

- विद्याभुषण गुप्ता (प्रिन्सिपल) शिक्षा सन्देश सेकेण्डरी स्कुल धरान ६,पानबारी

धरान र केराबारीलाई जोडेको छ

हाम्रादेखि अर्को जिल्ला मोरंगको केराबारी सम्मका विद्यार्थीहरुले यहाँको स्कुलबाट शिक्षा पाइरहेका छन् ।

शिक्षा सन्देश सुनसरीको धरान उपमहानगरपालिका र मोरंगको केराबारी केन्द्र विन्दुमा पनि रहेकाले यसको महत्व झन् झन बढ्दो छ ।

जस्ले धरान र केराबारीलाई समेत जोडेको छ  । यहाँ अध्ययन गर्न विद्यार्थीहरु धरान उपमहानगरभित्रको मुख्य बजार धरानका बिद्यार्थीहरु समेत आउँछन् । त्यसैगरि मोरंगको केराबारी सम्मका बिद्यार्थीहरु आउने गर्दछन् ।

जुन बेला धरान र केराबारीलाई भौगौलिक विकटताले विभाजन गरेको थियो । स्थानीय खोलाहरु ,बाटोघाटो र यातायातको सुविधा थिएन ।

त्यो बेला शिक्षा सन्देश अंग्रेजी माध्यमको शिक्षा प्रदान गर्ने विद्यार्थी र अभिभावकको लागि सारथी बन्यो ।

शिक्षालाई व्यापार होइन ,सेवामुलक,सर्वसुलभ बनाएर गाउँमा रहेका विद्यार्थीलाई पढाउनु निजी क्षेत्रले ठुलै चुनौतीको सामना गनुपर्छ ।

गाउँमा विस्वासनीय शिक्षा हुन्छ

म यो स्कुलमा भखरै आएको हुँ । मैले अन्य स्कुलमा पनि कार्य अनुभव बटुल्ने मौका पाएको छु । शहरका स्कुल र गाउँको स्कुलमा धेरै भिन्नताहरु छन् ।

ती विभिन्ताहरु मध्ये मैले शिक्षा सन्देश स्कुलमा पाएको छु । गाउँमा वास्तवमै विश्वसनीय शिक्षा हुन्छ । यो स्कुलले त्यो विस्वासनीयता कायम गर्दै आएको मैले पाएँ ।

किन की यहाँको सन्चालक समितीहरु सवै स्थानीय र शिक्षा सेवी पाएको छु ।बाहिरको कोही पनि हुनु हुन्न । जो विद्याथीहरुको आफ्नै अभिभावकले सन्चालन गरेको स्कुल हो ।

जस्ले गर्दा यहाँको स्कुलमा रहेका सन्चालक समिती, विद्यार्थी ,अभिभावक र शिक्षक शिक्षिकामा अपनत्व छ । शैक्षिक गुणस्तरलाई सुधार,विद्याथीको चाहना र रुचीलाई पुरा गर्न अहोरात्र तत्पर रहेका छौ  ।

ज्ञान र शिक्षा त्यहीँ नै हो तर शुल्क भने महंगो शहरका अभिभावकले तिर्नु परेको छ  । तर गाउँमा भने शुल्क कम र शिक्षा भने राम्रो बनाउने प्रयास अनुसार नै यो बर्षको एसइईको नतिजाबाटै पुष्टि हुन्छ  ।

पानबारीमा रहेको यो शिक्षा सन्देशको शैक्षिक नतिजा हरेक वर्ष शहरको भन्दा राम्रो र उत्कृष्ट रहेको छ ।

शिक्षालाई संस्कारसँग जोडेका छौ

विद्यार्थी र अभिभावकको रोजाईमा पर्नु प्रमुख कारण भनेको यहाँ गुणस्तरीय शिक्षासँगै अनुशासन र संस्कारको शिक्षालाई पनि जोडेका कारण नै हो । यसका कुनै दुई मत नै छैन ।

अहिलेका आधुनिकतासँगै बढ्दो प्रविधी ,अहिलको आवस्यकता र विद्यार्थीलाई संस्कारको शिक्षा पनि प्रदान गर्ने गरेका छौं । स्कुल भनेको सैद्धान्तिक कुरा अध्ययन गर्ने मात्रै होइन । साझा थलो हो ।

स्कुलमा हरेक विद्यार्थीहरु हुन्छन्  । हरेक विद्यार्थीहरुको आ–आफ्नै संस्कार र संस्कृति हुन्छन् ।

अहिलेको पुस्ताले त्यस्ता कुराहरु बिर्सदै गएका छन् । उनीहरुलाई ज्ञान र जानकारी दिनु पर्छ ।

यो हरेक स्कुलको कर्तव्य हो । सोही अनुसार हामी पठन पाठन गराउँछौ । हामी विभिन्न जातजातीको भेषभुषाहरु,चाडपर्बहरु,सवै धर्महरुको सम्मान गर्दै त्यस्ता कुराको ज्ञान ,जानकारी सहित प्रतक्ष्य सहभागि गराएर अभ्यासात्मक कार्यक्रमहरु गराउँछौ र सहभागि गराउने गरेका छौं ।

चाइल्ड सेन्टर एजुकेशन

हामीले अब १५ बर्ष अघिको शिक्षालाई परिमार्जन गरेका छौ । विगतमा शिक्षक सेन्टरमा हुन्थ्यो ।

विद्यार्थीलाई शिक्षकले भने अनुसार पढ्ने पढाउने मात्रै थियो । अर्थात शिक्षक केन्द्रविन्दु हुने गरेको थियो । तर अहिले भने त्यो शिक्षा प्रणाली परिमार्जन गर्दै अघि बढेका छौं । जस्ले गर्दा हामीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौं ।

सुगा रटानको शिक्षा प्रणालीबाट होइन अब भने विद्यार्थी केन्द्र विन्दुमा रहेर पठनपाठन गराउनु पर्छ । सोही मुल्य र मान्यतालाई प्राथमिकता दिएको कारण शिक्षा सन्देश उत्कृष्ट र राम्रो छ ।

बिद्यार्थीको लागि सेवा सुुविधा र सहुलियत

गरिब जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृति ,क्लास टपरलाई पनि छात्रबृति,एसइई परीक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्दछौ ।

त्यसैगरि हरेक बिद्यार्थीको क्षमता र प्रतिभाको कदर गर्दै अतिरिक्त क्रियाक्लापमा सहभागि गराई बिजेता बन्नेलाई सम्मान समेत गर्दछौं ।

हरेक विद्यार्थीको क्षमता र प्रतिभाको हामी कदर र सम्मान गर्दछौ । हामीकहाँ सुविधायुक्त यातायातको व्यवस्था रहेको छ ।

धरान बजार र केराबारी सम्म पुगेर विद्यार्थीहरुलाई यातायातको सुविधा दिदै आएका छौं । त्यसैगरि साइन्स ल्याब,कम्युटर ल्याब सहित अव चाँडै नै म्याथ ल्याबको पनि सुविधा दिने छौ ।

पूर्व बिद्यार्थी यसो भन्छन्

rabin

रविन न्यौपाने
पूर्व विद्यार्थी (एसइई पहिलो ब्याज)

म यो स्कुलमा नर्सरी देखि नै अध्ययनरत विद्यार्थी हो । मैले यहीबाट एसइई परीषा दिएर उतीर्ण गरेको थिए ।

पहिलो व्याज पनि भएकाले म भाग्यमानी ठान्छु । किन की इतिहाँसमा हामीले यो स्कुलमा पहिलो ब्याजको विद्यार्थी भएका छौ ।

सुरुदेखि नै म यो स्कुलमा पढ्दै आएँ । मलाई यो स्कुल छाडेर अन्यत्रै जान कहिल्यै मन भएन ।

यहाँ एकचोटी विद्यार्थी भर्ना भएर पढन थालेपछि त्यो विद्यार्थीले अन्य स्कुलको विकल्प रोज्दैन ।

यही नै शिक्षा पुरा गरेर मात्रै अन्यत्रै जानेका गरेका छन्  । म आफु अहिले खुसी छु  ।

किन की यहीँ स्कुलमा पढेर मैले आफ्नो जीवन र परिवारको लागि आज आएर राम्रो क्षेत्रमा काम गरी अघि बढ्दैछु ।

dipa

दीपा राई
पूर्व विद्यार्थी
म यस स्कुलको पुर्ब विद्यार्थी हुँ  । मैले पनि यही नै मेरो मावि सम्मको शिक्षा पुरा गरेकी हुँ ।

म अहिले शिक्षण पेशामा छु । मैले आफु पढेको स्कुलप्रति केही गर्न नसकेपछि मेरो जीवनको लागि स्कुलले शिक्षाको उज्यालो ज्याती दिएको छ  ।

जुन शिक्षाको उज्यालोबाट मेरो जीबनको यात्राहरु कहीँ ठेस नखाई सफल वन्दै अघि बढिरहेको छु । स्कुल र सम्पुर्ण शिक्षक शिक्षिका प्रति हार्दिक नमन अनि धन्यबाद छ ।

Mamata-tamang

ममता तामाङ
एसईई स्पीकर विजेता एवम् २०८१ एसइई ब्याज

म यसपालीको एसईईको परीक्षामा उतीर्ण विद्यार्थी हुँ । मैले राम्रो नतिजा ल्याएर उतीर्ण हुन सफल भएँ ।

मेरो यो एसइईको रिजल्ट पनि आएसँगै मेैले अर्को सफलता पनि प्राप्त गर्न सफल भए ।

र्याडिकल लाईट नेपालले आयोजना गरेको एसईई स्पीकर २०८१ को विजेता समेत हुन सफल भए ।

आफुलाई भाग्यमानी ठाँनेकी छु । सयौं प्रतिपष्र्धीहरुलाई उछिन्दै म विजेता वनेँ ।

यस्को श्रेय शिक्षा सन्देश स्कुल र शिक्षक शिक्षिका अनि सवैलाई जान्छ । उहाँहरु सवैलाई नमन अनि हार्दिक आभार र धन्यवाद दिन चाहन्छु ।

 

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved