धरान/ कोशी प्रदेश सरकारको बजेटद्धारा धरानमा कुल ७ करोड ३० लाखको धरान खानेपानी आयोजना थपिएर आगामी पौष महिनादेखि उक्त आयोजनाको खानेपानी सञ्चालनमा आउने भएको छ ।
चार महिना अघि धरानको खानेपानी समस्यालाई थप सहयोग पुर्याउने उद्धेश्यले शुरु गरिएको धरान खानेपानीको डिप बोरिङ अन्र्तगत ड्रिलिङको काम अन्तिम चरणमा पुगेको छ ।
प्रदेश सरकारको खानेपानी सिचाई तथा उर्जा मन्त्रालय अन्र्तगतको बजेटबाट धरानको तीन स्थानमा बोरिङका लागि ड्रिलिङको काम अन्तिम चरण पुगेको हो ।
अन्तिम चरणको काम अन्र्तगत हाल धरान १७ को कुम्भीआहालदेखि दक्षिण तर्फको ड्रिलिङको काम भइरहेको छ ।यसअघि सेउतीखोला पुर्व दक्षिण तर्फ र सेउती पुलको पश्चिम फायरलाइनमा डिप बोरिङको ड्रिलिङको काम सम्पन्न भईसकेको छ ।
अहिले तेश्रो चरणको अन्तिम काम भइरहेको छ । दुबै स्थानको काम सम्पन्न भईसकेको र हाल कुम्भी आहाल दक्षिण तर्फको काम पनि दु्रत गतिमा भई अबको मंशीर महिना सम्म सम्पुर्ण काम सकेर खानेपानी नै सप्लाई हुने वताइएको छ ।
प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ को वजेटमा ४ करोड रुपैयाँ धरानको खानेपानी आयोजनाको लागि भनेर विनियोजन गरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले आयोजना कार्यान्वयनको लागि प्रक्रिया अघि बढाएर चैत महिनादेखि काम शुरु गरेको थियो ।
प्रदेश सरकारले फेरी उक्त खानेपानी आयोजना सम्पन्न गर्नको लागि यस आर्थिक बर्ष २०८१/०८२ मा ३ करोड ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेर काम अघि बढिरहेको छ ।
उक्त बजेटबाट पाइपलाइन र विद्युतीय उपकरण जोड्नको लागि काम अघि बढ्ने जनाइएको छ ।
प्रदेश साँसद बस्नेत र राईद्धारा स्थलगत अनुगमन
कोशी प्रदेश सांसद रमेश कुमार वस्नेत र विजय कुमार राईले धरान १७ को कुम्भी आहाल दक्षिण तर्फको डिप बोरिङ अन्र्तगत ड्रिलिङको अन्तिम चरणको कामको स्थलगत अनुगमन गरेका छन् ।
सांसदद्धय सहितले शनिबार विहान उक्त स्थानमा अनुगमन गरेका हुन् ।सांसद बस्नेत र राईको पहलमा धरानको लागि खानेपानी समस्यामा सहयोग पुर्याउन धरान खानेपानी आयोजना जम्मा ७ करोड ३० लाखको आयोजना आएको हो ।
द्धय सांसदले नै कोशी प्रदेश सभा संसदमा धरानको खानेपानी आयोजनाको लागि माग गरे अनुसार बजेट प्राप्त भएको हो ।
सांसद रमेश वस्नेतले चैत महिनादेखि काम शुरु गरि अहिले सम्म काम भटाभट भइरहेको छ , त्यसमा हामी सांसदहरु चाँडो काम सक्नको लागि अहोरात्र खटि नै रहेका छौ,त्यसैले यो काम यति छिटो भईरहेको छ,अब यो सुख्खा याम अर्थात मंशीर पुष महिनादेखि खानेपानी नै वितरण गर्ने तयारी रहेको छ ।
उनले भने,‘तीन स्थानको खानेपानी आयोजनाबाट प्रतिदिन ६० लाख लिटर पानी उत्पादन हुन्छ र धराने जनतालाई खानेपानी समस्या समाधान गर्न थप सहयोग मिल्ने छ ।’
आयोजना स्थल पुगेका सांसद राईले खानेपानीको हाहाकारको अवस्थालाई प्रदेश सरकारको बजेटबाट भएको यो आयोजनाबाट धराने जनतालाई खानेपानीको लागि थप सहयोग पुग्ने र आगामी दिनमा समेत अझै पनि थप आयोजनाबाट समस्या समाधान गर्ने बताएका छन् ।
खानेपानी आयोजना स्थलमा पुगेका नेकपा एमालेका अध्यक्ष हर्कजङ एभेङले धरानको खानेपानी समस्या समाधान गर्नको लागि पार्टीको तर्फबाट गंभीररुपमा लागि परेको र आगामी दिनमा समेत लागि पर्ने बताए ।
यस क्षेत्रका सांसदद्धारा गरिएको यो काम सह्रानीय भएको भन्दै आगामी दिन समेत धरानको खानेपानी समस्या समाधानको लागि अझै धरानमा ७ वटा डिप बोरिङ आवस्यक रहेको बताए ।
डिप बोरिङका लागि श्रीमन ड्रिलिङ कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का पाएको छ ।
भिडियो:
फणिन्द्र तिम्सिना