वी.पी प्रतिष्ठानका कर्मचारी र शिक्षकको बढुवा

  • साउन १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि रोकिएको कर्मचारी तथा शिक्षक बढुवाको नतिजा प्रतिष्ठानले प्रकाशित गरेको छ ।  

प्रतिष्ठानमा कार्यरत कर्मचारी तर्फ १४ वर्ष तथा शिक्षक तर्फ ६ वर्ष देखि थाँती रहेको बढुवा प्रकृयाले हाल निकास पाई नतिजा प्रकाशित गरेको हो ।

प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको फायल मूल्यांकन तथा अन्तर्वार्ता प्रकृयाबाट आन्तरिक एक तह बढुवाको नतिजा मिति

२०८१ आषाढ २७ गते प्रकाशित भएको हो ।

उक्त प्रकृयाका लागि २०७९ पौष २० गते शिक्षक तथा कर्मचारीहरुको एक तह बढुवा तथा स्तर वृद्धी र २०७९ माघ २५ गते करार सेवामा पदपूर्ति गर्न प्रतिष्ठानबाट सूचना जारी गरी आवेदन माग गरिएको थियो ।

आवेदन दिनेहरु मध्ये शिक्षक तर्फ स्थायी र करार गरी १ सय ९५ जनाको एक तह बढुवा भएको छ भने कर्मचारी तर्फ स्थायी, परफर्मेन्स करार, करार गरी ४ सय ९ जनाको एक तह बढुवा भएको छ भने ३ सय ९ जनाको स्तर वृद्धि भएको छ ।

कर्मचारी र शिक्षकले रोकिएको बढुवा प्रक्रियाको नतिजा प्रकाशित भएपछि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई धन्यबाद दिएका छन् । 

फायल तस्बीर

 

 

 

प्रदेशस्तरीय एसईई आ ...

धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट सहभागी ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved