प्रदेश स्तरीय भारोत्तोलन प्रतियोगिता सम्पन्न

  • असार २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरमा जारी कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी प्रथम, ८१ केजी समूहमा मोरङका कपिलेश्वर राजवंशी प्रथम र ८९ केजी समूहमा झापाका प्रशिद्ध भक्त राजलवट प्रथम भएका छन् ।

प्रतियोगितामा ५ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रथमले २५ सय रुपैयाँ र दोस्रोले २ हजार रुपैयाँ र तेस्रोले १ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले पुरस्कार प्रदान गरे ।
फोटो पनि छ है

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved