काठमाण्डौलाई चुनौती दिने धरानको युएनकलेज

  • असार २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने नारा लिएर ११ जना विद्यार्थीबाट पढाई शुरु गरेको युएन,नवोदय कलेज धरान १६ मा रहेको छ ।

यो कलेज काेशी प्रदेशकै पठनपाठनको दृष्टिमा अब्बल र विद्यार्थी अभिभावकको रोजाईमा पर्दछ । उत्कृष्ट कलेजको रुपमा स्थापित कलेज हो ।

होटल म्यानेजमेन्टमा कलेजले काठमाण्डौको कलेजलाई समेत चुनौती दिदैं बिद्यार्थीलाई काेशी प्रदेशकै नमूना कलेजको रुपमा स्थापित भएर अग्रस्थानमा रहेको छ। कलेज २०६८ सालमा स्थापना भएको हो ।

स्थापना कालदेखि हाल सम्म उक्त कलेजमा अध्ययन गरेका विद्यार्थीहरु देश विदेशमा राम्रोसँग आम्दानी गरेर सफल जीवन यापन गर्दै आएका छन् ।

विद्यार्थीहरु यूएन कलेजमा अध्ययन गर्नको लागि खोजी खोजी जाने गरेका छन् । त्यहाँको पढाई व्यवहारिक शिक्षा ,प्रविधी मैत्री शिक्षा नै विद्यार्थीको रोजाईको कारण बनेको छ ।

पढेपछि वेरोजगार हुनु पर्दैन र आत्मा निर्भर बनि हाल्ने शिक्षा र त्यस्ता कलेज मध्ये नै धरान रहेको युएन नवोदय कलेज हो ।

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण पनि त्यतिकै बढ्दो रहेको छ । युएन कलेज नै पहिलो कलेज हो, पूर्वमा पहिलो पटक होटल म्यानेजमेन्ट सबन्धीको बिषय कलेजमा शुरु गरेको हो ।

अहिले होटल म्यानेजमेन्टमा युएन कलेज प्रदेशभरीमा नै अग्र स्थानमा रहेको छ ।

युएन कलेजमा आइतबार कक्षा ११ मा भर्ना हुनका लागि इन्ट्रान्स परीक्षा भएको थियो कलेजका प्रिन्सिपल डम्बर तुम्बापाेका अनुसार विज्ञान संकाय,होटल म्यानेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायको लागि बिद्यार्थीको प्रवेश परीक्षा कलेजले लिएको हो।

उनले भने,“देशैभर एसइईको नतिजा खस्कँदो छ,५२ प्रतिशतमात्रै बिद्यार्थी उतीर्ण भएका छन्, यो बर्ष थोरै मात्रै बिद्यार्थी होला भन्ने लागेको थियो तर हामी कहाँ विद्यार्थीको चाप गतबर्ष भन्दा यो बर्ष बढेको देखियो।

किन यस्तो भयो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रिन्सिपल तुम्बापोले यो सबै हाम्रो शिक्षाबाट प्राप्त परिणाम नै हो,यहाँ अध्ययन गरेका विद्यार्थीले सेकेण्ड नेपाल टप समेत भएका छन्, प्रदेश टपर र धरानमा सधै अगाडि नै छ ।

युएनमा पढेर कोही बेरोजगार बन्नु पर्दैन 

हाम्रो कलेजमा अध्ययन गर्ने बिद्यार्थी उत्कृष्ट नतिजा मात्रै ल्याउने होइन , देश विदेशमा गएर स्वरोजगार पनि बनि हाल्छन्,कोही बिद्यार्थी सर्टिफिकेट थन्काएर बेरोजगार बन्नु पर्दैन् ।

त्यसैले हामीले आत्मनिर्भर शिक्षा र रोजगारका लागि त्यस्ता विषय नै बढी प्राथमिकता दिने गरेका छौ प्रिन्सिपल तुम्बापोको दाबी रहेको छ ।un

हाल सम्म विश्वको राम्रो मुलुकहरुमा गएर विद्यार्थीले भविष्यलाई उज्वल बनाएका छन भने नेपालमा नै पनि विद्यार्थीहरु रोजगारमा रहेका छन् ।

नेपाल सेकेण्ड टप,प्रदेश र धरानमा सधैभरी टप

दक्ष र अनुभवी शिक्षक शिक्षिका द्धारा अध्यापन गराइने भएकोले युएन कलेजले होटल मेनेजमेन्टमा धरान टप, प्रदेश टप हुदै नेपाल सेकेण्ड टपको नजिता समेत ल्याउने गरेको छ ।

एसइई परीक्षामा ए प्लस ल्याएर उतीर्ण हुने विद्यार्थीको लागि कलेजले छात्रवृतिको व्यवस्था गरेको छ ।

पढ्नको लागिआर्थिक अवस्थाकमजोर भएका बिद्यार्थीको निम्न स्तरका विद्यार्थीलाई पढ्नको लागिपनि छात्रबृतिको व्यवस्था गरिएको छ।unn 1

युएन कलेजमा पढने विद्यार्थीहरुले वारीष्टाको समेत तालिम गर्ने अवसर पाउनुका साथै पढदै कमाउँदै भन्ने अभियानमा समेत सहभागी हुन पाउने छन् ।

होटल म्यानेजमेन्ट पढ्ने सबैभन्दा बढी

यस वर्ष विद्यार्थीहरु निकै उत्साहित छन् । काठमाण्डौ गएर अध्ययन गर्नु पर्ने विषय अहिले प्रदेशको धरानमा नै विद्यार्थीले उक्त विषयमा उत्कृष्ट नतिजा ल्याएर अध्ययन गर्ने मौका पाएका छन् । प्रिन्सिपल तुम्बापो पनि उत्साहित छन् ।

आइतबार परिक्षामा पहाडी जिल्ला धरान,बराहक्षेत्र,भरौला र मोरङको केरावारी सम्मका विद्यार्थी परीक्षामा समेल भए ।

परीक्षामा परिक्षामा ४ सय ३५ जना सहभागी भए भने त्यसमध्ये ३ सय ६४ होटल म्यानेजमेन्टमा पढ्नको लागि परीक्षा दिए ।

विज्ञान,व्यवस्थापन,कम्प्युटर विज्ञानसंकायमा पनि विद्यार्थीले प्रवेश परीक्षा दिए ।

प्रिन्सिपल तुम्बापो अनुसार कक्षा ११ को लागि अव भर्ना अभियान सन्चालन गरिने बताए । साउनदेखि भने कक्षा सुरु हुनेछ।

unn

 

 

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved