सामुदायिक विद्यालयमा पब्लिक मावि अगाडि

  • असार २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भर्खरै यस बर्षको माध्यामिक शिक्षा परिषद् (एसइइ)को परीक्षा फल प्रकाशित भएको छ।

सधै नीजि विद्यालय हाबी हुने सुनसरीमा धरान १२ मा रहेको पब्लिक उच्च माविले एसइई परीक्षामा जिल्लाकै प्रथम बनेको छ।

विद्यालयबाट यसबर्ष एसइईमा १९३ विद्यार्थीले परीक्षा दिएकोमा १५७ जनाले एसइइ पास गरेका थिए। सामुदायिक विद्यालयले पनि शैक्षिकसुधार गर्नचाहे सुधार हुन्छ भन्ने उदाहरण पब्लिक माविलै पेशगरेको छ।

एसइईको नतिजा आएसँगै नीजि विद्यालयलहरुले विभिन्न स्किमहरु ल्याएरकक्षा ११ मा भर्नागर्ने अभियानलाईतिब्रता बनाएका छन्।

तर पब्लिक माविले भने त्यस्ता कुनै प्रलोभन नदेखाउदा भर्ना हुने विद्यार्थीको संख्यामा वृद्धि हुदे गएको छ।

कक्षा एकदेखि नै अंग्रेजी माध्यमबाट पढाइ शुरु गरेको पब्लिकले +२ मा प्राविधिक शिक्षालाई जोड दिएको छ।

पब्लिककाे पढाई तुलनात्मक रुपमा नीजि विद्यालय भन्दा कम नभएको विद्यार्थीहरु बताउँछन्।

शैक्षिक वातावरण, अनुभवि शिक्षकबाट पठनपाठन हुने भएकोले पब्लिक मावि नीजि विद्यालयभन्दा कम नभएको उनीहरुको भनाई छ ।

शैक्षिक गुणस्तर राम्रो हुनको लागि पब्लिकको टिम सबल भएकै कारण भएको विद्यालयका प्राचार्यडा.इन्द्रमोहन झाले बताए।

उनले विद्यालयका शिक्षक शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतको सहयोगले विद्यालयले दिनप्रतिदिन सफलता हासिल गदावक नेपाल सरकारले ४ सय २२ वटा नमूना विद्यालय छनौट भएको थियो।

त्यसमध्ये ९७ वटा विज्ञान प्रवद्र्धनका लागि छनौट भएमध्येबाट पब्लिक एक भएको प्राचार्य झाको भनाईछ ।

यता कार्यरत शिक्षकहरुले समेत विद्यार्थीकौ हेरचाहसँगै सबै फेकल्टीमा उत्तिकै दक्ष शिक्षक भएका कारण पब्लिक सामुदायिक विद्यालयतर्फसुनसरी जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको शिक्षक मोहन श्रेष्ठले बताए।

यो विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म ३ हजार ४ सय ४९ विद्यार्थी अध्ययनरत रहेका छन्।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved