कहाँ छन् प्रा.डा. रामजी ?

  • असार २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  शिक्षण पेशा संँगै साहित्य क्षेत्रमा खोज अनुसन्धान र समालोचनामा आफ्नो अलग्गै स्थान बनाईसकेका इटहरी निवासी प्रा.डा. रामजी तिम्सिना अवस्था अझै पत्ता लाग्न सकेको छैन् ।

प्रहरीले उनको खोजीका लागि सबै खालका प्रयास गरि टोलीहरु नै परिचालन गर्दापनि डा. तिम्सिनाको अवस्था अझै पत्ता नलागेको हो ।

मंगलबार दिउँसो आफ्नो फेसबुक एकाउन्टमा एउटा स्टाटस पोष्ट गरेका तिम्सिना बुधबार बिहानबाट एकाएक वेपत्ता भएका हुन् ।

बुधबार ८ बजेर १८ मिनेट पछि घरबाट बाहिर निस्केका डा. तिम्सिना शनिवार बेलुकासम्म पनि फेला पर्न सकेका छैनन् । बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा चिर्कटो पाइएको प्रहरीले जनाएको छ । जसमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।

मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ ।

त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा .तिम्सिना इटहरीको कोशी कलेज र धरानको महेन्द्र क्याम्पसमा अंग्रेजी बिषयमा प्राध्यापन गराउँदै आएका थिए ।
आफु सवारी साधन प्रयोग नगर्ने तिम्सिना सधैभरी नै सार्वजनिक यातायातमा हिँडडुल गर्दथे । उनले बोक्ने मोबाइलमा सम्पर्क गर्दा बिहिबार अबेरसम्म फोनको रि गईरहेको थियो ।

प्रहरीका अनुसार उनले बोक्ने मोबाईल नम्बरको लोकेशन ट्रेस गर्दा बराहक्षेत्र आसपास देखाएकाले् सोही क्षेत्रमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

उनी कुन अवस्था छन् भन्ने कुरा वेपत्ता भएको ४ दिनमा पनि पत्ता नलागेपछि परिवार र उनका साथीभाई आफन्तहरु चिन्तामा परेका छन् ।

साहित्य र प्राध्यापन क्षेत्रबाट उनलाई चिन्नेहरुले शकुसल घर फर्कर्ने आशा राखि सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरेका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved