कहाँ छन् प्रा.डा. रामजी ?

  • असार २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  शिक्षण पेशा संँगै साहित्य क्षेत्रमा खोज अनुसन्धान र समालोचनामा आफ्नो अलग्गै स्थान बनाईसकेका इटहरी निवासी प्रा.डा. रामजी तिम्सिना अवस्था अझै पत्ता लाग्न सकेको छैन् ।

प्रहरीले उनको खोजीका लागि सबै खालका प्रयास गरि टोलीहरु नै परिचालन गर्दापनि डा. तिम्सिनाको अवस्था अझै पत्ता नलागेको हो ।

मंगलबार दिउँसो आफ्नो फेसबुक एकाउन्टमा एउटा स्टाटस पोष्ट गरेका तिम्सिना बुधबार बिहानबाट एकाएक वेपत्ता भएका हुन् ।

बुधबार ८ बजेर १८ मिनेट पछि घरबाट बाहिर निस्केका डा. तिम्सिना शनिवार बेलुकासम्म पनि फेला पर्न सकेका छैनन् । बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा चिर्कटो पाइएको प्रहरीले जनाएको छ । जसमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।

मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ ।

त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा .तिम्सिना इटहरीको कोशी कलेज र धरानको महेन्द्र क्याम्पसमा अंग्रेजी बिषयमा प्राध्यापन गराउँदै आएका थिए ।
आफु सवारी साधन प्रयोग नगर्ने तिम्सिना सधैभरी नै सार्वजनिक यातायातमा हिँडडुल गर्दथे । उनले बोक्ने मोबाइलमा सम्पर्क गर्दा बिहिबार अबेरसम्म फोनको रि गईरहेको थियो ।

प्रहरीका अनुसार उनले बोक्ने मोबाईल नम्बरको लोकेशन ट्रेस गर्दा बराहक्षेत्र आसपास देखाएकाले् सोही क्षेत्रमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

उनी कुन अवस्था छन् भन्ने कुरा वेपत्ता भएको ४ दिनमा पनि पत्ता नलागेपछि परिवार र उनका साथीभाई आफन्तहरु चिन्तामा परेका छन् ।

साहित्य र प्राध्यापन क्षेत्रबाट उनलाई चिन्नेहरुले शकुसल घर फर्कर्ने आशा राखि सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरेका छन् ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved