एसईई स्पिकरका बिजेताहरुलाई पुरस्कार बितरण

  • असार १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  र्‍याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को बिजेताहरुलाई बुधबार नगद पुरस्कार बितरण गरिएको छ।

धरान-८ स्थित सहिद स्मृति मा.बि. को सभाहलमा बिजेता ममता तामाङलाई धरान उप(महानगरपालिकाका उप-मेयर अइन्द्र बिक्रम बेघाले २० हजार रुपैया नगद प्रदान गरे।

यसैगरी फस्ट रनर अप दीया राई, सेकेन्ड रनर अप क्याथरिन योन्जन र थर्ड रनर अप रेशिका शर्मालाई उप- मेयर बेघाले क्रमशस् १५ हजार, १० हजार र ५ हजार रुपैया नगद प्रदान गरे।

सब टाईटलको उपाधी हासिल गर्ने ११ जना बिद्यार्थीहरुलाई समेत जनही १/१ हजार रुपैया प्रदान गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।1720013666926

यति सानो उमेरमा देशका समसामयिक बिषयमा बोलेर बिजेता बन्न सफल भएको भन्दै उप-प्रमुख बेघाले बिद्यार्थीहरुलाई बधाई दिए।

भबिष्यमा प्रधानमन्त्री, पालिका प्रमुख लगायत विभिन्न पदमा पुगी देशको सेवा गर्न उप-मेयर बेघाले बिद्यार्थीहरुलाई उत्प्रेरणा दिए।

पुरस्कार बितरण कार्यक्रममा सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का सि.ई.ओ.सुरेन्द्र घिमिरे र शिक्षिका एबम समाजसेवी सुस्मिता लिम्बुको उपस्थिति थियो।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved