वराहक्षेत्रमा धान उत्पादन प्रवर्द्बनकालागि धान दिवश कार्यक्रम संगम बिस्ट

  • असार १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ धान प्रवर्द्बनकालागि धान दिवश मनाएको छ ।

नगरपालिकाले वडा नं ८ जितपुरमा रोपाईको कार्यक्रम आयोजना गरेर धान उत्पादन प्रवर्द्बनकालागि राष्ट्रिय धान दिवश मनाएको हो ।

शनिवार असार १५ अर्थात २१ औ राष्ट्रिय धान दिवसको अवशरमा नगरपालिकले धान दिवस मनाएको कृषि बिकाश शाखाका प्राबिधिक निरकुमार राईले बताए ।1719635577376

उक्त कार्यक्रममा स्थानिय कृषकहरुसंग नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुबार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल ,वडाध्यक्षहरु, कार्यापालिका सदस्य ,वडा सदस्य तथा कर्मचारीहरु नौमति बाजा सहित नाच गान गर्दै धान रोप्न , वाउसे गर्ने सहभागी भएका थिए ।

असार १५ लाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रुपमा समेत लिने गरिएको छ ।

खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ ।

खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । यस वर्षको २१ औँ धान दिवस ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि ‘ भन्ने नाराका साथ दिएको छ । 1719635567476

सोही अबसरमा वराहक्षेत्र नगरपालिकाले पनि असार - १५ अर्थात धान दिववलाई उत्सबको रुपमा लिएर मनाएको प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।

नगरपालिकाले पनि धान उत्पादनलाई बुद्बि गर्न चैते धान खेतिलाई प्रबद्बन गर्ने कार्यक्रम ल्याएको छ ।

धान उत्पादन बढाएर निर्यात बढाउन नगरपालिकाले धान उत्पादन प्रवर्द्बनकालागि सहयोगकालागि धान दिवश कार्यक्रम आयोजना गरेको उनले बताए ।

नगरपालिकाले कृषकलाई उन्नत जातको बिऊ, समयमै रासायनिक मल , सिचाईका योजनालाई प्रथामिकतामा राखेको छ ।

कृषकलाई माटोको प्रकार , गुणस्तर, हावापानी अनुकुल खेती गर्ने मल , बीउ र प्राबिधिक सेवा उपलब्ध गराउन नगरपालिका लागि रहेको नगर प्रमुख रमेश कार्की बताउछन् ।

उनी भन्छन् कृषिलाई प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेका छौ ।

सोही अनुसार बजेट बिनियोजन गरेर किसानलाई अधिकत्म लाभ हुने कार्यमा हामी लागेका छौ ।

बजेटको बिषयमा अगुवा किसान , कृषि सहकारी , पशु पालन किसान , कृषि समुहसंग समेत छलफल र रार्य सल्लाह लिएर अगाडि बढेका छौ ।

धान उत्पादन बढाउन नगरपालिकाले योजना बनाएर उन्नत जातको धान अनुदानमा बितरण , उपकरण, रासायनिक मल बितरणसंगै चैते धान प्रवर्धन कार्यक्रम , खेती योग्य जमिनमा सिचाइ, उपकरण र बीउ बिजन कृषकलाई अनुदानमा बितरण गर्दै आइरहेको छौ । 

कृषक मैत्रि प्रबिधिको प्रयोग गर्दै धान उत्पादनमा बुद्बि गर्न हाम्रो योजना रहेको छ ।1719635584252

धान उत्पादनलाई बुद्बि गर्न चैते धान खेतिलाई प्रबद्बन गर्ने कार्यक्रम ल्याएका छौ।

धान उत्पादनमा आत्म निर्वर बन्न नगरपालिकाले कृषकलाई उन्नत जातको बिऊ, समयमै रासायनिक मल , सिचाईका योजनालाई प्रथामिकतामा राखेका नगर प्रमुख कार्कीले बताए ।

नगरपालिकाको कृषि बिकाश शाखाका अनुसार वराहक्षेत्र नगरपालिकामा ८ हजार हेक्टर जमिनमा किसानले धान खेति गर्ने गरेका छन् ।

बार्षिक रुपमा ४८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

नगरमा किसानहरुले बार्षिक रुपमा ४८ हजार मेट्रिक टन धान उत्पादन गर्दा करिब ३२ देखि ३३ हजार मेट्रिक टन धान खाध्य सुरक्षा गर्ने र करिव १५ हजार मेट्रिक टन धान नगरपालिकाबाट बाहिर निर्यात हुने गरेको छ 

धान उत्पादन बढाउन नगरपालिकाले योजना बनाएर उन्नत जातको धान अनुदानमा बितरण , रासायनिक मल बितरणसंगै चैते धान प्रवर्धन कार्यक्रम , खेती योग्य जमिनमा सिचाइ, उपकरण र बीउ बिजन कृषकलाई अनुदानमा बितरण गर्दै आइरहेको छ ।

स्थानीय सरकारहरू जिम ...

एकात्मक र केन्द्रीकृत शासन प्रणालीमा अधिकारको केन्द्रीक ...

इटहरीमा भोलीदेखि नगर ...

इटहरी/ इटहरी उपमहानगरपालिकाले नगर बसको सेजा बुधबार ...

कोशीका मुख्यमन्त्रील ...

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार क ...

लागू औषध युजर र कारो ...

धरान/ छोराछोरीको आनीबानी तथा खानपान सम्बन्धी सम्पू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved