चिल्ड्रेन ट्यालेन्ट हन्ट –४ को उपाधी आयुषा राई र पोङ्साम लिम्बुले जिते

  • असार ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको चिल्ड्रेन ट्यालेन्ट हन्ट –४ को उपाधी सिनियर तर्फ आयुषा राई र जुनियर तर्फ पोङ्साम लिम्बुले जीतेका छन् ।

 धरानको सदनसभा हलमा गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा सम्पन्न प्रतियोगीताको फाईनलमा सिनियर तर्फ डिपि बिलिभर्स स्कुल धरान ५ की आयुषा र जुनियर तर्फ केके ईन्टरनेशनल स्कुल धरान १५की पोङ्सामले उपाधी हात पारेका हुन् ।

उनीहरु दुवैले जनही नगद ५० हजार सहित ट्रफी, गरिमाबाट निशुल्क एक वर्ष नृत्य प्रशिक्षणको अवसर पाए ।

त्यस्तै सिनियर तर्फ जोलसाया एकेडेमी धरान ११ की निनाम राई र जुनियर तर्फ सुनाखरी एकेडेमी धरान १२की आयुषा केदेम फस्टरनरअप हुँदै नगद २० हजार, ट्रफी र गरिमाबाट ६ महिना निशुल्क नृत्य प्रशिक्षणको अवसर पाए भने सिनियरतर्फ सिद्धार्थ शिशु सदन धरान १६ की एन्जल लिम्बू र केके ईन्टरनेशनल स्कुल धरान १५की युङ्सा केदेम सेकेन्ड रनरअप भएर नगद १५ हजार, ट्रफी र गरिमाबाट ६ महिनाको निशुल्क नृत्य प्रशिक्षणको अवसर पाईन्। ।

त्यस्तै सिनियर तर्फ मोष्ट ट्यालेन्ट निनाम लिम्बू, बेष्ट क्याटवाक तथा बेष्ट फोटोजेनिक एन्जल लिम्बू, मोष्ट एक्टिभ आयुषा राई र एबिका लिम्बू, बेष्ट भ्युअर चोईस प्रियङ्का तामाङ, बेष्ट डिसिप्लिन लुङमा लिम्बू र बेष्ट फ्रेन्डसीप तनुजा लिम्बु घोषित भए । उनीहरुले ट्रफी तथा प्रमाणपत्र पाए ।

त्यस्तै जुनियर तर्फ मोष्ट ट्यालेन्ट तथा बेष्ट फोटो जेनिक पोङसाम लिम्बू, बेष्ट डिसिप्लिन सुहाङमा लिम्बू, बेष्ट भ्युअर चोईस बिभाषा खनाल, मोस्ट हाङजिनिक भुमिनुमा राई, मोष्ट ट्यालेन्ट तथा बेष्ट पङ्चुअल युङसा केदेम, बेष्ट हार्ड बर्किङ अनुरा मगर, मोष्ट चार्मिङ आयुषा केदेम, मोष्ट डिसिप्लिन सुहाङमा लिम्बू, मोष्ट क्रिएटिभ सन्मुल राई, मोष्ट ईन्थुजीयास्टिक गौरब राई, मोष्ट डाईनामिक दिपशीखा तामाङ, मोष्ट एक्टिभ सोफिया राई, बेष्ट कन्फिडेन्ट हाङमा राई, बेष्ट ईम्प्रुभमेन्ट ईचिङसा लिम्बू, मोष्ट ओविडिएन्ट प्रिन्सेस खड्का, बेष्ट म्यानअर लेक्मुहाङ लिम्बू, बेष्ट पर्सन्यालिटी आयान मोहोरा, मोष्ट ह्यान्डसम माङसाङ लिम्बू, मोष्ट व्युटिफूल आनिया राई, बेष्ट स्माईल एस्टर लिम्बू, बेष्ट हेयर सेमिना राई, बेष्ट फिजिक्स मिक्साङ लिम्बू, बेष्ट फोटो जेनिक पोङसाम लिम्बू र बेष्ट फ्रेन्डसीप प्रियान्सु राई भए ।

कार्यक्रममा मिस नेपाल २००५ सुगरिका केसी, टिम नेपालका निर्देशक दोर्पध्वज राई, नृत्य निर्देशक पनिता तामाङ, ब्लाष्ट दैनिकका सम्पादक गोपाल दाहाल, मोडल एवं भिजे जतिन ताम्राकार र प्रथम धरान नटराज विजेता झुमा लिम्बु निर्णायक रहेका थिए ।

विद्यालयमा अध्ययनरत बालबालिकाको प्रतिभालाई खोजी गर्दै उनीहरुलाई उजागर गर्न विभिन्न तालिम प्रदान गरि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ट्यालेन्ट आयोजना गर्ने गरिएको गरिमाकी सञ्चालक तथा कार्यक्रमको तालिम निर्देशक सञ्जु राई (सुमित्रा)ले जानकारी दिईन् ।

सहभागीहरुलाई नृत्य, बोल्ने कला, क्याटवाक, र्‍याम्पवर्क तथा विद्युतीय उपकरणको प्रयोग, आत्मरक्षा, सरसफाई, पोषण लगायतका विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेर फाईनलमा प्रस्तुत गरिएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved