लायन्स क्लब अफ सप्तकोशी डायनामिकद्बारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

  • असार ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा क्रियासिल रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र नगरपालिका वडा नं ६ खस्रे टप्पुमा रहेको सप्तकोसी बाल विकास आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ।

 सोमवार बिद्यालयमा नै पुगेर लायन्स क्लब अफ सप्तकोशी डायनामिकका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई ३ सय थान कपि, पेन्सिल तथा अन्य शैक्षिक सामाग्रीहरू वितरण क्लबका अध्यक्ष दुर्गानन्द दास(बिक्रम) ले बताए ।

क्लबका अध्यक्ष दुर्गानन्द दास ९बिक्रम० को अध्यक्षता तथा क्लवमा संस्थापक अध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका बर्ष सन् २०२४-२०२५ का निर्वाचित अध्यक्ष सुजित कुमार राय सहित क्लबका सचिव अश्वन यादव, कोषाध्यक्ष मौसम न्यौपाने, क्लब सर्भिस चेयर पर्सन किसन बस्नेत, सदस्य अर्जुन श्रेष्ठ तथा विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकहरूको उपस्थिति रहेका थिए ।

हाम्रो र यस क्लबको उदेश्य मात्र सामाजिक सेवा र समाजमा भएका विभिन्न असहजतामा आर्थिक, भौतिक र क्षमताले भ्याएसम्मको सेवा गर्नु भएकाले सोही अनुरुप आर्थिक रुपमा कमजोड परिवारका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरेको अध्यक्ष दुर्गानन्द दास (बिक्रम) ले बताए ।

कोसीटप्पु क्षेत्रका विपन्न तथा सिमान्तकृत वर्गका ४६ जना बालबालिकाहरूले अध्ययन गर्ने गरेका छन् । सोही कुराको जानकारी पाएर उनीहरूको पठनपाठनमा केही सहजता प्रदान गर्न शैक्षिक सामाग्री वितरण गरिएको उनि बताउछन् ।samgri

हाम्रो सानो सहयोग, योगदान र भूमिकाले समाजमा फरक सन्देश दिन्छ भनें हामीले किन समाजमा सक्रियता नदेखाउने भन्ने हाम्रो विचार हो । यो सानो कार्य भए पनि सबैले सिक्नु र लागू पर्नु आबश्यक रहेको क्लबका संस्थापक अध्यक्ष चौलागाईं बताए ।

क्लबले आफ्नो विद्यालयका विद्यार्थीहरूलाई कपी तथा शैक्षिक सामाग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक सविन श्रेष्ठले क्लब प्रति धन्यवाद व्यक्त गरे ।

 

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

हाइवे विस्तारबाट जग् ...

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम् ...

६२ प्रतिशत काम सम्पन ...

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो ...

शिक्षक आन्दोलनले निर ...

धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved