धरानका मृगौला पीडित गंगारामलाई एनप्याब्सनको पाँच लाख पैतिँस हजार सहयोग

  • असार ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मृगौला पीडित गंगाराम राईलाई एन प्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ ।

समितिले आइतवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट संकलित नगद ५ लाख ३६ हजार छ सय रुपैयाँ ( मंगलबार संकलित रकम सहित ) सहयोग हस्तान्तरण गरेको हो ।

विरामीको उपचारमा जति सहयोग पु¥याउ भन्ने उदेश्यले सहयोग संकलन गरीएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्वुले बताए ।

एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल संचालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने वताए ।

हामीले परिक्षा संचालन गर्नको लागि भेट गर्ने मात्र नभएर साथीभाईलाई समस्या हुदा सहयोग गर्नुपनी संस्थाको उदेश्य रहेको गुरुङको भनाई रहेको छ ।

त्यसैगरी एनप्याव्सन कोशी प्रदेश सहसचिव प्रभास राजवंशीले साथीलाई परेको समस्यामा केही मात्रामा भएपनि सहयोग गर्न सक्नु नै मानवीय धर्म भएको वताउदै आत्ममनोवल दरो वनाउन सुझाव दिएका थिए ।

त्यसैगरी एन प्यासन सुनसरीका सहसचिव चन्द्र प्रसाद ढकालले आत्ममनोवल वलियो वनाउन सुझाव दिदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।

दुवै मृगौला फेल भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा विगत ४ महिनादेखि उपचारत राई धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलमा कार्यरत रहेका छन् ।

संस्थाको सहयोगबाट आफूलाई उपचारमा सहयोग पुग्नुको साथै हौसला मिलेको पीडित राईले वताए ।

राई मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेकाछन ।

उनलाई उनकी श्रीमतिले मृगौला दिनको लागि सवै कागजी प्रकृया तयारी भईरहेको पीडित राईले जानकारी दिएका छन् ।

 

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved