बराहक्षेत्रका विद्यार्थीलाई भविष्य बोक्ने झोला,खुशीले गद्गद

  • असार ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र–१ चियावारी स्थित सिंहदेवी आधारभूत विद्यालयमा भविष्य वोक्ने झोला र स्टेशनरी विद्यार्थीले पाएपछि खुशीले गद्गद भएका छन् ।
आइतबार विद्यालयमा नै पुगेर समपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्र्तगत भविष्य वोक्ने झोला वितरण गरेपछि विद्यार्थी खुशीले गदगद् भएका हुन् ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि व्याग र स्टेशनरी वितरण गरीएको अभियान नेपालका अध्यक्ष युनेश भण्डारीले वताए ।

अभियान नेपालले त्यस विद्यालयका १९ जना विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरीएको भण्डारीले जानकारी दिए ।

अभियान नेपालले प्रेम दिवसका अवसरमा भानुचोक,महेन्द्र बहुमुखी क्याम्पस र युएन कलेज र धरान आर्दश कलेजमा गुलाफको फुल वेचेर आएको नाफाबाट यस वर्ष चियावारी र धरान–२० स्थित उदय आधारभुत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरीएको अध्यक्ष भण्डारीले बताएका छन् ।

अभियान नेपालले हरेक वर्ष प्रेम दिवसका अवसरमा गुलाव फुल वेचेर आएको मुनाफाबाट विद्यालयमा सहयोग गर्दै आएको छ ।यस्तो कार्यक्रममलाई आगामी दिनमा पनि निरन्तरण दिदै जाने आयोजकले जनाएको छ ।

समर्पण अभियान नेपालले हरेक वर्ष सिर्जनशील र रचनात्मक कार्यहरु गर्दै आएको छ ।
किवानिज क्लव अफ इटहरीको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

व्यापारीको हत्या: चो ...

विराटनगर/ विराटनगरमा ४० वर्षदेखि व्यापार गर्दै आएक ...

धरानको फोहोरमा फेरि ...

धरान/ व्यवस्थित डम्पिङ साइटको अभावमा धरान उपमहानगर ...

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved