धरानमा दोश्रो चरणको वन वे पुतलीलाइनमा लागू

  • असार २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरान उपमहानगरभित्र सवारी अस्तव्यवस्तालाई न्यूनिकरण गर्नको लागि फेरी धरानमा दोश्रो चरणको वेन वे लागू गरिएको छ ।

 आइतबारदेखि लागु हुने गरि धरानका मेयर हर्कराज राईले धरान उपमहानगरपालिका वडा नं ९ स्थित गौतम पथ (सब्जी बजार) र पतुलीलाइनमा वान वे लागु गरेका हुन् । 

उपमहानगरपालिका, जिल्ला ट्राफिक, नगर प्रहरी र वडा कार्यालयबीच सहकार्य गरी वान वे लागु गरिएको छ ।

मेयर हर्क साम्पाङ आफै पुतलीलाइन पुगेर वान वे लागु भएको घोषणा गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवास केसी, वडा नं ९ का अध्यक्ष रुपेश आचार्य लगायतको उपस्थित रहेको थियो । 

यस्तो छ वेन वे 

पुतलीलाइनस्थित आइएमई रहेको चोकदेखि पुर्व भानुचोकतर्फ सवारीसाधन जान निधेष गरिएको छ ।

भानुचोकदेखि पश्चिम पुतलीलाइनतर्फ भने सवारीसाधन जान पाउनेछ । आइएमई चोकदेखि उत्तर गौतमपथ, सब्जीबजार हुदै कलेज रोडतर्फ एकतर्फी मात्र सवारीसाधनलाई जान दिइएको छ ।

उक्त सडकमा कलेज रोडदेखि दक्षिण गौतमपथतर्फ सवारीसाधन आउन निषेध छ । 

यस्तै, आइएमई चोकदेखि दक्षिण आचार्यलाइन जोडिने शिवप्रकाश मार्ग हुदै भने दुईतर्फी नै सवारीसाधन आउजाउ गर्नसक्छन् ।

तर, उक्त शिवप्रकाश मार्गमा दुवैतर्फ सवारीसाधन पार्किङ गर्न निषेध गरिएको छ ।

वडा नं ९ का अध्यक्ष आचार्यले ७ दिनसम्म परीक्षण गर्ने र त्यसपछि थप परिमार्जन गर्नुपर्ने भए गरिने बताए । 

यस अघि भानुचोकदेखि उत्तर नयाँ बजार र लक्ष्मीचोकदेखि दक्षिण पुरानो बजारमा वान वे लागु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख केसीले स्थानीयबासीसँगै धेरै छलफल, सल्लाह सुझाव पछि वान वे गर्ने निर्णय गरिएको बताए ।

गौतमपथ, सब्जी मण्डी क्षेत्रमा अत्यधिक जाम हुने गरेको धेरै गुनासो आएपछि अध्ययन गरिएको उनले खुलाए ।

यो पछि १० नम्बर वडातिर पनि गर्ने योजना छ, हामी त्यता पनि व्यवस्थापन गछौं ।’

 

धरानको समग्र विकासमा ...

धरान/ नेपाली काँग्रेस धरान उपमहानगर समितिले धरानको ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ० ...

सम्पादकीय, वराहक्षेत ...

वराहक्षेत्र नगरपालिकाले किसानहरूलाई चार्जेबल टु इन वान ...

महिला पत्रकारको चिन् ...

विराटनगर/ महिला पत्रकारहरूलाई पत्रकारिता पेसामा टि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved