दशौं भलुवा गोल्डकपको सम्पूर्ण तयारी पुरा "उद्घाटन खेल राष्ट्रिय जागृति फुटबल क्लब इटहरी र गंढी युथ स्पोर्टिङ क्लब बिच हुनेछ"

  • जेठ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt - चन्दन रौनियार

दुहबी/ सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा संचालन हुने दशौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

बुधबार (भोली)बाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब पशुपति कुमार सरदारले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

प्रतियोगितामा स्थानीय आयोजक सहित आठ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लब गोल्डेन स्टार युथ क्लबका अध्यक्ष अनिल कुमार बिश्वासले जनाएका छन ।

असार ४ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी ,गंढी युथ स्पोर्टिङ क्लब ,नेपाल एपिएफ कोशी प्रदेश ,सहलेश युवा क्लब रारा फुटबल क्लब धनकुटा, विराटनगर सिटि एफसि विराटनगर मोरङ ,  chatya .sa .fc.  दमक झापा लगायत आयोजक क्लब गोल्डेन स्टार युथ क्लब बिच प्रतिस्पर्धा हुने जनाइएको छ ।1718097344990

बिजेता टिमले उपाधी सहित नगद ४ लाख एक सय एक रुपैया सहित सिल्ड मेडल प्राप्त गर्ने छ ।

उपबिजेता टिमले नगद २ लाख एक सय एक रुपैया सहित सिल्ड मेडल प्राप्त गर्ने छ । विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४१लाख खर्च हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर ७ का वडाअध्यक्ष बिजय कुमार चौधरीले भलुवा गोल्डकपलाई गरेको सहयोगको विषयमा जानकारी दिंदै भलुवा गोल्डकपलाई विभिन्न संघ संस्था र ब्यक्तित्वहरुले गरेको योगदानको चर्चा गरेका थिए ।

त्यसे गरि मिडिया पार्टनको रुपमा कोशीपत्र दैनिक , न्युजपार्क अनलाइन ,दुहबी टाइम्स साप्ताहि ,कोचिला एफेम ,कोचिला खबर ,प्रतिक्षण दैनिक र गोलनेपाल डक कम रहेको आयोजकले जानकारी दिएका छन ।

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved